काठमाडौं, फागुन ९ – चुनाव हुने या नहुने अन्योलकाबिच सरकारले सोमबार मिति घोषणा गर्दैछ । असन्तुष्ट मधेसी मोर्चाको माग पूरा गर्ने आश्वासनसहित सरकारले वैशाख अन्तिममा चुनाव गर्नेगरी मिति घोषणा गर्न लागेको हो ।
निर्वाचन आयोगले जेठ १ र २१ गते दुई चरणको चुनाव गर्नेगरी मिति घोषणा गर्न प्रस्ताव गरे पनि सरकारले वैशाख अन्तिममा देशभर एकै चरणमा चुनाव गर्नेगरी मिति घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले वैशाख अन्तिममा नै चुनाव गर्ने सरकारले तयारी गरेको हो । यस विषयमा प्रधानमन्त्रीले आइतबार बेलुका निर्वाचन आयोगका पदाधिकारी र असन्तुष्ट मधेसी मोर्चासँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।
आयोगका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले सरकार निर्वाचनको मिति घोषणा गर्ने अन्तिम तयारीमा रहेको जानकारी दिँदै चुनावको लागि आवश्यक तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको थियो ।
चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण सहयोगका लागि सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्रीले वैशाख मसान्तभित्रै चुनाव गर्नेगरी सबै तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा आयोगका पदाधिकारीले आयोग सरकारले तोकेकै मितिमा चुनाव गराउन सक्षम रहेको जानकारी दिँदै निर्वाचनमा सम्पूर्णरुपले सहयोग गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
मधेसी मोर्चासँगको छलफलमा प्रधानमन्त्रीले चुनावको मिति घोषणासँगै संविधान संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएको छ । यस्तै स्थानीय तहको संख्या बढाउने र सीमांकन हेरफेरका लागि आयोग गठन गर्ने वाचा पनि गर्नुभएको छ ।
मधेसमा जनसङ्ख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको सङ्ख्या बढाउन सरकार लागिरहेको जानकारी दिँदै उहाँले फागुन १० गतेदेखि सञ्चालन हुने संसद्बाट संविधान संशोधन विधेयक अघि बढाएर निष्कर्षमा लैजाने बताउँदै राजनीतिक गतिरोधका लागि स्थानीय तहको चुनावमा आउन मोर्चाका नेतालाई आग्रह गर्नुभएको थियो ।
मोर्चाका नेताहरूले मोर्चाको मुख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुङ्गोमा पुगेपछि मात्रै चुनावको मिति घोषणा गर्न प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।
तर अहिले मिति घोषणा गर्नुको विकल्प नभएको भन्दै प्रधानमन्त्रीले मोर्चाको माग क्रमशः पूरा गर्दै जाने आश्वासन दिनुभएको छ । मधेसमा स्थानीय तहको संख्या थप्ने प्रधानमन्त्रीको आश्वासनपछि मोर्चाका नेताहरु पनि सकारात्मक भएको बुझिएको छ । तर मोर्चाका नेताहरुले पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।
सोमबार चुनावको मिति घोषणा गर्नुअघि सरकारले मोर्चाको माग पूरा गर्ने औपचारिक निर्णय गर्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यस्तै सोमबार नै मन्त्रिपरिषदको बैठक बसेर स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन स्वीकार गर्दै परिमार्जनको लागि टोली बनाउने तयारी छ । त्यसपछि बेलुकी मिति घोषणा हुनेछ ।
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक