काठमाडौं, फागुन ९ – निजी तथा आवासीय विद्यालय संगठन नेपाल प्याब्सनको १३ औँ महाधिवेशन सोमबारदेखि काठमाडौंमा सुरु हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनमा सोमबार महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुनेछ ।
दिउँसो ४ बजेपछि चुनावी प्रक्रिया सुरु गर्ने प्याब्सनको तयारी छ । प्याब्सनको ६८ सदस्यीय नयाँ नेतृत्वको लागि मंगलबार बिहानदेखि मतदान हुने महासचिव डिके ढुंगानाले जानकारी दिनुभयो । दुई वर्षे कार्यकाल नेतृत्वका लागि अहिलेका वरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फे र उपाध्यक्ष टीकाराम पुरीले प्यानलसहित उम्मेद्वारी घोषणा गरेका छन् ।
सम्बाहाम्फे समूहबाट वरिष्ठ उपाध्यक्षमा डिके ढुङ्गाना, उपाध्यक्षमा कृष्ण अधिकारी र आशिष श्रेष्ठ किशोर गौतम तथा महासचिवमा राजेन्द्र बानियाँ छन् । पुरी समूहबाट वरिष्ठ उपाध्यक्षमा सुमनगोपाल आचार्य, खुला उपाध्यक्षमा हिरा चन्द र ईश्वर गुरुङ तथा महासचिवमा गोपाल आचार्य छन् ।
काठमाडौंको लोयल्टी एकेडेमीका सञ्चालक तथा प्याव्सनका पूर्व वरिष्ठ उपाध्यक्ष रहेका सम्बाहाम्फे माओवादी केन्द्र निकट छन् । सम्बाहाम्फे प्यानलमा रहेका ढुंगाना कांग्रेस र महासचिवका उम्मेद्वार बानिया एमाले निकट हुन् ।
यसैगरी विराटनगरको एभरेष्ट बोर्डिङ स्कुलका सञ्चालक रहेका पुरीको प्यानलमा सबै एमाले निकट व्यवसायी छन् । महाधिवेशनमा देशभरका झण्डै २२ सय जना प्रतिनिधि रहने प्याब्सनले जनाएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता