काठमाडौं, ९ फागुन । भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले काठमाडौंलाई रेलमार्गबाट दिल्ली र कोलकातासँग जोड्ने बताएका छन् ।
उनले भारतीय केन्द्र सरकारले रेल्वे विकासमा विशेष महत्व दिइरहेको जानकारी दिदैं भारतीय रेलवे नेटवर्कलाई नेपालमा पनि जोड्ने बताएका हुन् । ‘चाँडोभन्दा चाँडो काठमाडौं–दिल्ली र काठमाडौं–कोलकाता रेल्वे लाइन बनाउनेछौं ।’
काठमाडौंमा आइतबारदेखि सुरु भएको दुई दिने नेपाल पूर्वाधार शिखर सम्मेलन–२०१७ लाई सम्बोधन गर्दै रेलमन्त्री सुरेशले रेल्वेलाइन बनाउने बताएका हुन् ।
‘मेरा मित्र हरिभक्त शर्माले काठमाडौंबाट उच्च गतिको रेल चढेर दिल्ली जाने र फर्कने सपना रहेको सुनाए,’ उनले भने, ‘यो सपना केवल सपनामा मात्र सीमित हुँदैन र चाँडै यथार्थमा परिणत गर्न सकिन्छ ।’ रेलमार्ग तुलनात्मक रुपमा स्वच्छ (ग्रीन) पूर्वाधार भएकाले नेपालले पनि यसको विकासमा जोड दिनुपर्ने उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
मंगलबार, १४ चैत्र २०७९,नेपाल सरकारले आगामी २०८० को वैशाखदेखि लागु हुने गरी अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई
१४ चैत,काठमाडौं । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । आज
१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको
१३ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका
१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ
१२चैत,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने