८ फागुन, काठमाडौं । एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष वेनकाई झाङले पूर्वाधारमा नेपालको लगानी न्युन हुनु बिडम्बनापूर्ण रहेको बताएका छन् ।
काठमाडौंमा अाइतबारबाट सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै झाङले नेपाले आफ्नो कुल गाह्रस्थ उत्पान (जिडिपी)को ४ प्रशितमात्रै रकम पूर्वाधार विकासमा खर्च भइरहेकाले विकासको गति सन्तोषजनक हुन नकसकेको औंल्याए ।
‘नेपालकै छिमेकी चीनले अहिले जिडिपीको २० प्रतिशत पूर्वाधार निर्माणमा खर्च गर्दैछ । मलेसियाले १० प्रतिशत लगाएको छ । तर, नेपाल अझै ५ प्रतिशतमा लैजान पनि अनाकानी गर्दैछ’ झाङले भने,’पूर्वाधारमा कम लगानी हुँदा अपेक्षित विकास कसरी प्राप्त हुनसक्छ ?’ झाङले भने ।
उनले नेपालले पूर्वाधारमा लगानी बढाउने बताएपनि परिणाम त्यअनुरुपको नदेखिएको सुनाए ।
‘विकासका लागि सरकारसँग खै त भिजन ? पहिला त भिजन नै हुनुपर्यो,’ झाङले भने ‘लगानीको वातावरण पनि त तयार हुन बाँकी छ । विदेशी पुँजी त पूर्वाधारका लागि वातावरण नबनेसम्म आउनै सक्दैन ।’
उनले नेपालमा पुँजीगत खर्च नै कम हुने कारण पनि समस्या बढेको बताए । साथै नेपालले पूर्वाधार बैंक बनाएर काम गर्नुपर्ने सुझाव दिए ।
‘विनियोजन भएको रकम पनि खर्च गर्न नसक्ने स्थितिमा सन् ०३०सम्मका लागि बनेको भिजन कसरी प्राप्त हुन्छ ?’ उपाध्यक्ष झाङले भने,’योजना बनाएर त्यसको कार्यान्वन गर्ने अवस्था नबनेसम्म पूर्वाधारको विकास सुस्त नै हुन्छ ।’
सचिव शर्मा भन्छन्ः सबै विदेश लागे
कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शार्मले पुँजीमात्रै नभएर जनशक्ति अभावले पनि नेपाललाई सताएको बताए । उनले युवा पलायनले नेपाल प्रभावित बनेको भन्दै चिन्ता ब्यक्त गरे ।
‘हामीसँग पहिलो त दक्ष जनशक्ति कम छन् । भएकाहरुको गन्तब्य युरोप नै बन्यो । हामीले जनशक्ति विकासका गरेको लगानी पनि युरोपमा पुग्यो’ सचिव शर्माले भने ।
उनले नेपालका ४२ प्रतिशत नागरिक नगर क्षत्रेमा बस्ने भएपनि सोच ग्रामीण किसिमको हुँदा समस्या आएको बताए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले पूर्वाधारको विकासका लागि नै बैंकको चुक्ता पुँजी बढाइएको तर्क गरे ।
मंगलबार, १४ चैत्र २०७९,नेपाल सरकारले आगामी २०८० को वैशाखदेखि लागु हुने गरी अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई
१४ चैत,काठमाडौं । मन्त्रालय भागबन्डाको टुंगो लगाउन आज पनि सत्ता गठबन्धनको बैठक बस्दैछ । आज
१३ चैत,काठमाडौं। सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्स छाप्न नयाँ प्रिन्टिङ मेसिन खरिद खरिद गर्ने भएको
१३ चैत,काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका
१३चैत,काठमाडौं। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाई दिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेसकी नेतृ
१२चैत,काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने