नेपालको विकास कहिले हुन्छ :एडीबी उपाध्यक्ष

wencai-zhang-adb-vp८ फागुन, काठमाडौं । एसियाली विकास बैंक (एडिबी)का उपाध्यक्ष वेनकाई झाङले पूर्वाधारमा नेपालको लगानी न्युन हुनु बिडम्बनापूर्ण रहेको बताएका छन् ।

काठमाडौंमा अाइतबारबाट सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै झाङले नेपाले आफ्नो कुल गाह्रस्थ उत्पान (जिडिपी)को ४ प्रशितमात्रै रकम पूर्वाधार विकासमा खर्च भइरहेकाले विकासको गति सन्तोषजनक हुन नकसकेको औंल्याए ।

 

‘नेपालकै छिमेकी चीनले अहिले जिडिपीको २० प्रतिशत पूर्वाधार निर्माणमा खर्च गर्दैछ । मलेसियाले १० प्रतिशत लगाएको छ । तर, नेपाल अझै ५ प्रतिशतमा लैजान पनि अनाकानी गर्दैछ’ झाङले भने,’पूर्वाधारमा कम लगानी हुँदा अपेक्षित विकास कसरी प्राप्त हुनसक्छ ?’ झाङले भने ।

उनले नेपालले पूर्वाधारमा लगानी बढाउने बताएपनि परिणाम त्यअनुरुपको नदेखिएको सुनाए ।

‘विकासका लागि सरकारसँग खै त भिजन ? पहिला त भिजन नै हुनुपर्‍यो,’ झाङले भने ‘लगानीको वातावरण पनि त तयार हुन बाँकी छ । विदेशी पुँजी त पूर्वाधारका लागि वातावरण नबनेसम्म आउनै सक्दैन ।’

उनले नेपालमा पुँजीगत खर्च नै कम हुने कारण पनि समस्या बढेको बताए । साथै नेपालले पूर्वाधार बैंक बनाएर काम गर्नुपर्ने सुझाव दिए ।

‘विनियोजन भएको रकम पनि खर्च गर्न नसक्ने स्थितिमा सन् ०३०सम्मका लागि बनेको भिजन कसरी प्राप्त हुन्छ ?’ उपाध्यक्ष झाङले भने,’योजना बनाएर त्यसको कार्यान्वन गर्ने अवस्था नबनेसम्म पूर्वाधारको विकास सुस्त नै हुन्छ ।’

सचिव शर्मा भन्छन्ः सबै विदेश लागे

कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शार्मले पुँजीमात्रै नभएर जनशक्ति अभावले पनि नेपाललाई सताएको बताए । उनले युवा पलायनले नेपाल प्रभावित बनेको भन्दै चिन्ता ब्यक्त गरे ।

‘हामीसँग पहिलो त दक्ष जनशक्ति कम छन् । भएकाहरुको गन्तब्य युरोप नै बन्यो । हामीले जनशक्ति विकासका गरेको लगानी पनि युरोपमा पुग्यो’ सचिव शर्माले भने ।

उनले नेपालका ४२ प्रतिशत नागरिक नगर क्षत्रेमा बस्ने भएपनि सोच ग्रामीण किसिमको हुँदा समस्या आएको बताए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले पूर्वाधारको विकासका लागि नै बैंकको चुक्ता पुँजी बढाइएको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।