
काठमाडौ–प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज टुडिखेलमा आयोजित कार्यक्रमबाट उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि कार्यक्रममा बस्दै नबसी फर्केको घटनाले चर्चा पाएको छ ।
गृहमन्त्रालयको आयोजनामा भएको कार्यक्रममा गृहमन्त्री स्वयं यसरी किन फर्के त ? बस्न सिट नपाएर वा कुनै अर्कै कार्यक्रममा जाने हतार भएर होइन, त्यहाँ राखिएको सिट मार्यादाक्रम नमिलेको कारण निधि कार्यक्रम नै छाडेर हिडेका हुन् ।
उनी कार्यक्रममा पुगेपछि आफ्नो सिट खोजेका थिए तर सो सिट मार्यादाक्रम अनुसार नराखेको कारण कार्यक्रम बहिष्कार गरेर नै हिँडेका हुन् ।
गृहमन्त्री निधिले सिट व्यवस्थानको जिम्मेवारी लिएका सेनालाई आफ्नो सिटको बारेमा सोध्दा सेनाले ‘यस्तै हो हजुर’ भन्ने जवाफ दिएपछि उनी रिसाएर फर्केको मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।
यसअघि जेठ १६ गते गणतन्त्र दिवसको उपलक्ष्यमा भएको कार्यक्रम पूर्वउपराष्ट्रपति परमानन्द झाले बहिष्कार गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले नेमप्लेटसहितको कुर्सी नपाएपछि कार्यक्रम बहिष्कार गरेर हिँडेका थिए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता