गृहमन्त्रीद्धारा प्रजातन्त्र दिवसको कार्यक्रम बहिष्कार !  

DSC_1534-768x515

काठमाडौ–प्रजातन्त्र दिवसका उपलक्ष्यमा आज टुडिखेलमा आयोजित कार्यक्रमबाट उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि कार्यक्रममा बस्दै नबसी फर्केको घटनाले चर्चा पाएको छ ।

गृहमन्त्रालयको आयोजनामा भएको कार्यक्रममा गृहमन्त्री स्वयं यसरी किन फर्के त ? बस्न सिट नपाएर वा कुनै अर्कै कार्यक्रममा जाने हतार भएर होइन, त्यहाँ राखिएको सिट मार्यादाक्रम नमिलेको कारण निधि कार्यक्रम नै छाडेर हिडेका हुन् ।

उनी कार्यक्रममा पुगेपछि आफ्नो सिट खोजेका थिए तर सो सिट मार्यादाक्रम अनुसार नराखेको कारण कार्यक्रम बहिष्कार गरेर नै हिँडेका हुन् ।
गृहमन्त्री निधिले सिट व्यवस्थानको जिम्मेवारी लिएका सेनालाई आफ्नो सिटको बारेमा सोध्दा सेनाले ‘यस्तै हो हजुर’ भन्ने जवाफ दिएपछि उनी रिसाएर फर्केको मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए ।
यसअघि जेठ १६ गते गणतन्त्र दिवसको उपलक्ष्यमा भएको कार्यक्रम पूर्वउपराष्ट्रपति परमानन्द झाले बहिष्कार गरेका थिए । कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाले नेमप्लेटसहितको कुर्सी नपाएपछि कार्यक्रम बहिष्कार गरेर हिँडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति