February 17, 2017

मधेश नफेरेसम्म नेपालमा लोकतन्त्र कमजोर हुने :भारतीय कुटनीतिज्ञ

 जनकपुर आएर भारतीय कुटनीतिज्ञले ‘मधेश नफेरेसम्म नेपालमा लोकतान्त्र कमजोर हुने’ चेतावनी दिएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ ।

निर्वाचन हुनेमा एमाले सशंकित भएकोलाई मुख्य समाचार बनाएको राजधानी दैनिकले बहुविवाह गर्नेलाई महिना दिनमै उन्मुक्ति दिएको समाचारलाई एंकर बनाएको छ ।

नयाँ पत्रिका दैनिकमा पाँच दिनभित्र निर्वाचन घोषणा हुने समाचार महत्वका साथ छापिएको छ ।

नागरिक दैनिकले पहिलो चरणमा पहाडी जिल्लाहरुमा स्थानीय निर्वाचन गर्ने तयारी भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रसंघले नेपाल सरकारलाई फेरि दाता सम्मेलन गर्न सुझाव दिएको समाचारलाई प्राथमिकता दिएको छ ।

मेक्सिकोमा तीन सय नेपाली अलपत्र परेको समाचारलाई कान्तिपुर दैनिकले खास महत्वका साथ छापेको छ ।

नेकपा माओवादी केन्द्रले संविधान संशोधन विधेयक प्रक्रियामा लगेर मात्रै निर्वाचन मिति घोषणा गर्नुपर्ने निर्णय गरेको समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले परराष्ट्रमन्त्री प्रकाशशरण महतले युरोपेली आयोगसँग हवाई सुरक्षामा लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको समाचारलाई पनि प्राथमिकता दिएको छ ।

नेपाल समाचारपत्र दैनिकमा एमालेले विदशी हस्तक्षेप बढेको निष्कर्ष निकालेकोलाई मुख्य समाचार बनाएको छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता