५ फागुन, रौतहट । विभिन्न बैंकका २७ थान एटीएम कार्ड र पाँच लाख ७७ हजार नगदसहित दुई जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले गौरको मुख्य बजार क्षेत्रबाट धरहरी गाविस ८ का सुनिल साह र वडा नम्वर ४ का पुरुषोत्तम साहलाई पक्राउ गरेको हो ।
दुबै जनालाई खानतलासी गर्दा उनीहरुको साथबाट २७ थान एटीएम कार्ड र ५ लाख ७७ हजार रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सबैभन्दा धेरै १० वटा एटीएम कार्ड एनआईसी एसिया बैंकका छन् । यसैगरी हिमालयन बैंकका ७ वटा र माछापुच्छ्रे बैंकका ६ वटा एटीएम कार्ड बरामद भएका छन् । नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई, नबिल र एसीई डेभलपमेन्ट बैंकका एक-एकवटा एटीएम कार्ड साहद्वयको साथबाट बरामद भएका छन् ।
पक्राउ परेका साहद्वयलाई प्रहरी हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरिक्षक अशोक झाले बताए ।
सीमा क्षेत्रमा अवैधरुपमा भारतीय रुपैयाँको कारोबार गर्ने केही गिरोहले नेपाली बैंकमा जम्मा गरेको रकम भारतीय एटीएमबाट झिकेर भारतीय रुपैयाँको कारोबार गरिरहेका छन् । फरक-फरक बैंकका एटीएम प्रयोग गरेर भारतीय रुपैयाँ झिक्ने र चर्को दरमा सटही गर्ने कारोबारीको संख्या सीमा क्षेत्रमा बढेको छ ।
पक्राउ परेकाहरुको साथबाट ठूलो परिमाणमा नेपाली बैंकको एटीएम कार्ड बरामद हुँदा उनीहरु पनि भारतीय रुपैयाँको कारोबारमा संलग्न हुन सक्ने आशंका प्रहरीको छ ।
प्रहरी अनुसन्धान पूरा भएपछि आवश्यक कारवाहीका लागि दुवै जनालाई राजस्व अनुसन्धान विभाग काठमाडौं पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक झाले बताए ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’