चीनको चुनौती- आगोसँग नखेल,

timthumbकाठमाडौं, ४ फागुन । चीनको आधिकारिक सञ्चारमाध्यमले बुधबार भारतलाई गम्भीर चेतावनी दिएको छ । भारतले ताइवानसँग सम्बन्ध बढाएर चीनको सबैभन्दा संवेदनशील मुद्दालाई चुनौती दिएको भन्दै चीनले यसैको कारण भारतले ठूलो क्षति व्यहोर्नुपर्ने धम्की दिएको हो ।

चिनीया सञ्चार माध्यमले यस्तो चेतावनी ताइवानकी एक महिला संसदीय दलको भारत यात्राको क्रममा दिएको हो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ‘न्यू दिल्ली विल सफर लूजेज इफ इट प्लेज ताइवान कार्ड’ नामक लेखमा उल्लेख गरिएको छ कि एक महिला सांसदलाई भारतले निम्त्याएको छ । ताइवानको मुद्दामाथि चीनलाई चुनौती दिएर भारतले आगोसँग खेल्ने काम गरिरहेको छ ।’

ग्लोबल टाइम्सले लेखेको छ, ‘जुन समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ताइवानको मुद्दामा चीनलाई चुनौती दिने सवाललाई रोक्न बाध्य भइसके र आफ्नो रणनीति बदलेर एक चीन नीतिलाई सम्मान गर्न सुरु गरिसके, यस्तो समयमा भारत एक चीन नीतिको विरोधमा अगाडि बढिरहेको छ ।’

ताइवानको प्रतिनिधिको भारत भ्रमणमाथि सवाल उठाउँदै लेखिएको लेखकमा अगाडि भनिएको छ, ‘भारत र ताइवानको बीचमा उच्च स्तरीय वार्ता हुनु सामान्य कुरा होइन तर भारतले यही समयमा किन आफ्नो देशमा बोलायो ?’ ताइवानको राष्ट्रपति इंग वेनले प्रशासन सम्हालेपछि यो पहिलो यस्तो यात्रा हो । गत वर्ष चुनाव जितेका साइ चीनबाट ताइवान स्वतन्त्र बनाउनुपर्छ भन्ने कुराका बलियो समर्थक हुन् ।

चीनले ताइवानलाई आफ्नै अंग मान्छ । यस्तो अवस्थामा चीनले ताइवानसँग अरु कुनै राष्ट्रको कुटनीतिक सम्बन्ध बढेको मन पराउँदैन ।
चीनको कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले आफ्नो लेखमा भनेको छ, ‘केही भारतीय रणनीतिकारहरुले मोदी सरकारलाई चीनसँग ताइवान कार्ड खेल्न सुझाव दिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्