चीनको चुनौती- आगोसँग नखेल,

timthumbकाठमाडौं, ४ फागुन । चीनको आधिकारिक सञ्चारमाध्यमले बुधबार भारतलाई गम्भीर चेतावनी दिएको छ । भारतले ताइवानसँग सम्बन्ध बढाएर चीनको सबैभन्दा संवेदनशील मुद्दालाई चुनौती दिएको भन्दै चीनले यसैको कारण भारतले ठूलो क्षति व्यहोर्नुपर्ने धम्की दिएको हो ।

चिनीया सञ्चार माध्यमले यस्तो चेतावनी ताइवानकी एक महिला संसदीय दलको भारत यात्राको क्रममा दिएको हो । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ‘न्यू दिल्ली विल सफर लूजेज इफ इट प्लेज ताइवान कार्ड’ नामक लेखमा उल्लेख गरिएको छ कि एक महिला सांसदलाई भारतले निम्त्याएको छ । ताइवानको मुद्दामाथि चीनलाई चुनौती दिएर भारतले आगोसँग खेल्ने काम गरिरहेको छ ।’

ग्लोबल टाइम्सले लेखेको छ, ‘जुन समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ताइवानको मुद्दामा चीनलाई चुनौती दिने सवाललाई रोक्न बाध्य भइसके र आफ्नो रणनीति बदलेर एक चीन नीतिलाई सम्मान गर्न सुरु गरिसके, यस्तो समयमा भारत एक चीन नीतिको विरोधमा अगाडि बढिरहेको छ ।’

ताइवानको प्रतिनिधिको भारत भ्रमणमाथि सवाल उठाउँदै लेखिएको लेखकमा अगाडि भनिएको छ, ‘भारत र ताइवानको बीचमा उच्च स्तरीय वार्ता हुनु सामान्य कुरा होइन तर भारतले यही समयमा किन आफ्नो देशमा बोलायो ?’ ताइवानको राष्ट्रपति इंग वेनले प्रशासन सम्हालेपछि यो पहिलो यस्तो यात्रा हो । गत वर्ष चुनाव जितेका साइ चीनबाट ताइवान स्वतन्त्र बनाउनुपर्छ भन्ने कुराका बलियो समर्थक हुन् ।

चीनले ताइवानलाई आफ्नै अंग मान्छ । यस्तो अवस्थामा चीनले ताइवानसँग अरु कुनै राष्ट्रको कुटनीतिक सम्बन्ध बढेको मन पराउँदैन ।
चीनको कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले आफ्नो लेखमा भनेको छ, ‘केही भारतीय रणनीतिकारहरुले मोदी सरकारलाई चीनसँग ताइवान कार्ड खेल्न सुझाव दिएका छन् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

एकताका लागि सक्रिय नारायणकाजी, उपेन्द्र यादवसँग भेट

काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त