फागुन ४ काठमाडौं–
चुनावको मिति घोषणाको विषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले आज प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्रीको निजि सचिवालय स्रोतका अनुसार फागुन ८ गतेसम्म सरकारले चुनावको मिति घोषणा गर्दैछ । यस अघि सरकारले आयोगलाई पत्र लेखेर चुनावको तयारी थाल्न निर्देश गरेको छ । ‘आइतवार वा सोमवार चुनावको मिति घोषणा हुन्छ ।’ प्रधानमन्त्रीका एक सहयोगीले भने ।
यस अघि माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओली संवादमा फागुन ८ भित्र चुनावको मिति घोषणा गर्ने सहमति बनेको नेताहरुले बताएका थिए ।
चुनावको मिति घोषणाको लागि प्रमुख दलका शीर्ष नेतावीच मंगलवार पनि छलफल भएको थियो । मंगलवार विहान राष्ट्रपति निवासमा राष्ट्रपति, प्रधानमन्त्री र एमाले अध्यक्षवीच कुराकानी भएको थियो । त्यसपछि एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डवीच बालुवाटारमा कुरा भएको थियो । त्यसपछि मंगलवार साँझ नै प्रधानमन्त्री र काँग्रेस सभापति देउवावीच कुराकानी भएको थियो । साँझ नै प्रधानमन्त्री, काँग्रेस सभापति र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा कुराकानी भएको थियो ।
संविधान संसोधनमा एमाले लचक भएपछि सरकार चुनावको मिति घोषणाका लागि अगाडि बढ्न थालेको हो । एमालेको हिजो बसेको स्थायी समिति वैठकमा संविधान संसोधन लगायतका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्री आज भने काठमाडौं बाहिर कार्यक्रममा सहभागी हुँदैछन् ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन