भारतले गर्‍यो पुन: सीमामा नाका बन्द

nepal-india-relationsकैलाली, ३ फागुन । कैलाली र कञ्चनपुरका सीमा नाका भारतले दुई दिनका लागि बन्द गरेको छ ।
भारतको उत्तराखण्डमा फागुन ४ गतेदेखि हुने विधान सभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सीमाना जोडिएका कैलाली, कञ्चनपुरका नाका हिजो बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् ।
विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय पक्षले सीमा नाकामा उच्च सतर्कता बढाएको उपरीक्षक चन्दले बताएका ।
उत्तराखण्ड राज्यमा पनि एकै दिन विधानसभा चुनाव परेकोले बैतडी र दार्चुलाका सीमा नाका पनि यसअघि बन्द भइसकेका छन् । भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलता देखाउँदै सीमा नाका बन्द गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।