मुटु शरीरको एक महत्वपूर्ण अंग हो । मुटु जोगाउन मानिसहरुले अनेकौं तरिकाहरु अपनाउने गरेको पाइएको छ । तर साना साना कुराले पनि मुटुमा असर गर्न सक्छ । हामीले सामान्य भनिने बानीले पनि मुटुको क्षमतामा ह्रास आउन सक्छ । आज हामी तपाईलाई यो जानकारी गराउँदै छौं कि जुन हाम्रा केहि सामान्य नराम्रा बानीले मुटु बिग्रन सक्छ ।
धुमपान गर्नु
चुरोट सेवन गर्नु मानवस्वास्थ्यका लागि हानिकारक हो भन्ने प्राय: सबैलाई थाहा छ । विशषगरी यसले मानिसको फोक्सोमा असर गर्ने भनेर भनिन्छ । यसले फोक्सोमा मात्र असर गर्दैन कि मुटुका लागि घातक नै मानिन्छ । धुमपानका कारण रगत मुटुसम्म पुग्नलाई बाधा पुर्याउँछ ।
मदिरा सेवन गर्नु
सामान्यतया: कम मात्रामा रक्सी सेवन गर्दा स्वास्थ्यमा खासै असर नगर्ने बताइए पनि अत्यधिक सेवन भने यसको शत्रु नै हो । अत्यधिक मदिरा सेवनले उच्च रक्तचाप उत्पन्न गराउँछ जसले मुटुमा समस्या ल्याउँछ ।
धेरै आराम गर्नु
घन्टौं आराम गर्ने बानीले हृदयघात र मुटु रोगको समस्या उत्पन्न गराउन सक्छ । धेरै समय आराम गर्ने मानिसलाई नियमित शारीरिक व्यायामले पनि फाइदा पुर्याउँदैन । सोफा या अन्य कतै लामो समय आराम गर्ने बानीले नियमित रक्तसंचारमा प्रभाव पार्न सक्छ ।
जंग फुड खानु
मुटु रोगको प्रमुख कारण भनेको बढी मात्रामा जंक फुड सेवन गर्नु । जंक फुड सेवन गर्ने बानीले सागपात र अन्य फलफूल तरकारीमा मन नजानु हो । तर मुटुका लागि फलफूल र सागपात एकदमै लाभदायक हुन्छ । त्यसकारण चिकित्सकहरुका अनुसार जंक फुड सेवन पनि मुटु रोगको एक कारण हो ।
शारीरिक व्यायाम नगर्नु
स्वस्थ शरीरका लागि नियमित व्यायाम जरुरी हुन्छ । अझ मुटु रोगीहरुका लागि त शारीरिक व्यायाम नगरी हुँदैन । दैनिकरुपमा व्यायाम गरेका रक्तसंचारका नलीहरु सक्रिय हुन्छन् र मुटुमा रगत प्रसारण हुन कुनै पनि अवरोध पुर्याउँदैन । शारीरिक व्यायाम नगर्नु पनि मुटुका लागि हानिकारक मानिँदै आएको छ ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि