यी बानीका कारण तपाईको मुटु बिग्रन सक्छ

Heartमुटु शरीरको एक महत्वपूर्ण अंग हो । मुटु जोगाउन मानिसहरुले अनेकौं तरिकाहरु अपनाउने गरेको पाइएको छ । तर साना साना कुराले पनि मुटुमा असर गर्न सक्छ । हामीले सामान्य भनिने बानीले पनि मुटुको क्षमतामा ह्रास आउन सक्छ । आज हामी तपाईलाई यो जानकारी गराउँदै छौं कि जुन हाम्रा केहि सामान्य नराम्रा बानीले मुटु बिग्रन सक्छ ।

धुमपान गर्नु

चुरोट सेवन गर्नु मानवस्वास्थ्यका लागि हानिकारक हो भन्ने प्राय: सबैलाई थाहा छ । विशषगरी यसले मानिसको फोक्सोमा असर गर्ने भनेर भनिन्छ । यसले फोक्सोमा मात्र असर गर्दैन कि मुटुका लागि घातक नै मानिन्छ । धुमपानका कारण रगत मुटुसम्म पुग्नलाई बाधा पुर्‍याउँछ ।

मदिरा सेवन गर्नु

सामान्यतया: कम मात्रामा रक्सी सेवन गर्दा स्वास्थ्यमा खासै असर नगर्ने बताइए पनि अत्यधिक सेवन भने यसको शत्रु नै हो । अत्यधिक मदिरा सेवनले उच्च रक्तचाप उत्पन्न गराउँछ जसले मुटुमा समस्या ल्याउँछ ।

धेरै आराम गर्नु

घन्टौं आराम गर्ने बानीले हृदयघात र मुटु रोगको समस्या उत्पन्न गराउन सक्छ । धेरै समय आराम गर्ने मानिसलाई नियमित शारीरिक व्यायामले पनि फाइदा पुर्‍याउँदैन । सोफा या अन्य कतै लामो समय आराम गर्ने बानीले  नियमित रक्तसंचारमा प्रभाव पार्न सक्छ ।

जंग फुड खानु

मुटु रोगको प्रमुख कारण भनेको बढी मात्रामा जंक फुड सेवन गर्नु । जंक फुड सेवन गर्ने बानीले सागपात र अन्य फलफूल तरकारीमा मन नजानु हो । तर मुटुका लागि फलफूल र सागपात एकदमै लाभदायक हुन्छ । त्यसकारण चिकित्सकहरुका अनुसार जंक फुड सेवन पनि मुटु रोगको एक कारण हो ।

शारीरिक व्यायाम नगर्नु

स्वस्थ शरीरका लागि नियमित व्यायाम जरुरी हुन्छ । अझ मुटु रोगीहरुका लागि त शारीरिक व्यायाम नगरी हुँदैन । दैनिकरुपमा व्यायाम गरेका रक्तसंचारका नलीहरु सक्रिय हुन्छन् र मुटुमा रगत प्रसारण हुन कुनै पनि अवरोध पुर्‍याउँदैन । शारीरिक व्यायाम नगर्नु पनि मुटुका लागि हानिकारक मानिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित