डिभी चिट्ठा परेर अमेरिका आएका कास्की ढिकुरपोखरीका खेम अधिकारी अमेरिकामा अलपत्र परेर सेल्टरमा पुगेका छन्। गएको अक्टोवर २३ मा अमेरिका पुगेका अधिकारी सामान्य अपांग हुन्। ‘एउटा आँखा राम्रोसँग देख्दिनँ। अलि शरीर कमजोर छ। त्यसैले कसैले सहयोग गरेनन्,’ सहयोगका लागि रूदै अधिकारीले भने, ‘नेपाल फर्कौ भने पैसा छैन।’
गएको १२ दिनदेखि बाल्टिमोरको कोड ब्लु सेल्टरमा रहेका अधिकारीको उद्धारका लागि उनकी केस म्यानेजर स्यामान्सले नेपाली दूतावासमा समेत सम्पर्क गरेकी थिइन्। ‘तपाईँको दूतावासमा टेलिफोन सम्पर्क गरेकी थिएँ, फोन उठेन। म्यासेज छोडेकी थिए कुनै रेस्पोन्स आएन। सेल्टरभित्रको वातावरणले खेम आत्तिएको जस्तो देखिन्छन्। उनका लागि हामी सक्दो सहयोग जुटाउने काम गरिरहेका छौँ,’ स्यामान्सले भनिन्।
अक्टोवरमा न्युयोर्क पुगेका अधिकारीलाई एक जना नेपालीले पेन्सेल्भेनियाको आँगन रेष्टुरेन्टमा काम गर्न पठाएका थिए। ‘मैले काम गर्न सक्दैन भनेर हो कि सबैले पन्छाउने मात्र काम गरेँ,’ खेमले भने। गएको दुई महिनामा उनलाई नेपालीहरुले नै धेरै ठाउँमा बोलाए र निकाले। ‘बाल्टिमोर पुगेपछि एकजना नेपालीले सेल्टरमा जाने भनेर साेध्नु भयो। म धेरै अंग्रेजी बुझ्न सक्दिनँ। मैले जाने भने पछि उहाँले यतै ल्याएर राखिदिनु भयो।’
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
खोटाङ, असोज २५ गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा