यी युवती मसानघाटको चक्कर लगाउँछिन् , कारण यस्तो छ

ghat-ghumne-mahila (1)

मसानघाटका कुरा गर्नेबित्तिकै धेरैको मन डरले काँप्छ । धेरै मानिस मसानघाटको नजिक जान पनि डराउँछन् । तर यो दुनियाँमा एक यस्ती युवती छिन्, जसले मसानघाटलाई नै आफ्नो पेसा बनाएकी छिन् ।

यस्तो डरलाग्दो स्वभाव भएकी युवती हाम्रै छिमेकी देश भारतमा छिन् । भारतको हैदरावादकी श्रुती रेड्डी नामकी युवती दिनहुँ मसानघाटमा पुग्छिन् । मसानघाट धाउनु उनको रुची मात्र होइन, व्यवसाय नै हो ।

यसअघि श्रुती सफ्टवेयर डेभलपरको काम गर्थिन् । तर अहिले भने दिनहुँ आर्यघाट धाउनु नै उनको नित्यकर्म बनेको छ ।

वास्तवमा उनले आर्यघाटमा मृतकको अन्त्येष्टि गर्ने सेवा सुरु गरेकी छिन् । उनले यो पेशा सुरु गर्दा उनलाई साथ दिने कोही थिएन । घर परिवार त उनको त्यो निर्णय सन्दैमा आत्तिए । उनकी आमा त रिसाएर कति महिनासँग उनीसँग बोलिनन् पनि । तर श्रुती भने केही अलग गर्न चाहन्थिन् । र सोहीँ सोँचका साथ एक कम्पनी खोलिन् ।

आफ्ना हजुरबाको मृत्यु हुँदा अन्तिम संस्कारका लागि सामाग्री जुटाउन हम्मे हम्मे परेको र अस्तव्यस्त बनेको घटनापछि उनलाई यस्तो आइडिया फुरेको हो ।

श्रुतीले यस्तो कम्पनी खोलेकी छिन् जसले मृत्यु संस्कार सँग सम्बन्धित सुविधाहरु उपलब्ध गराउँछ । बजारमा बिहे लगायतका शुभकार्यको इभेन्ट म्यानेजमेन्ट गर्ने विभिन्न खाले कम्पनी खुलेका भएपनि मृत्यु संस्कार व्यवस्थापनको क्षेत्रमा भने सायद श्रुतीको आइडिया नै पहिलो हुनसक्छ ।

जब कसैको घरमा मृत्यु भएको भनी उनलाई अन्त्येष्टि व्यवस्थापनका लागि फोन मार्फत जानकारी आउँदछ तब उनी सहितको कम्पनीको टोली तत्कालै सबै आवश्यक सामाग्रीहरु सहित मृतकको घर पुग्दछ । कम्पनीको सेवाबाट दुखको घडीमा मृतकका परिवारले ठूलो राहत पाउँछन् । वास्तवमा दिनहुँ मसानघाट धाउने व्यवसायबाट उनको कम्पनीले धन त कमाएकै होला, तर त्यसभन्दा बढी दुखी आत्माहरुको आशिक ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

काठमाडौँ, भदौ १९ गते । नेपाल सरकारको निर्णय अनुसार सूचीकरणका लागि तोकिएको समयमा सम्पर्कमा नआएका

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

सामाजिक सञ्जाल कानुनी दायरामा ल्याइनुपर्छ : प्रधानमन्त्री ओली

ललितपुर, साउन ३० गते (रासस) — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक

सरकारले राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत गर्‍यो

काठमाडौँ, साउन २९ — सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति–२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

लेखराज भट्टको टिप्पणी : “ओलीले महाकालीबाट मेचीसम्म देख्ने ल्याकत राख्नुहुन्छ”

धनगढी, साउन २२ – नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका इन्चार्ज तथा पार्टी सचिव लेखराज भट्टले पार्टी