लामो समयपछि नेपाली आधुनिक गीतले युटुबमा हंगामा मच्चाएको छ । नेपाली चलचित्रको गीत सांगीतिक बजारमा हाबी भैरहेको समयमा आधुनिक गीतले पनि हंगामा मच्चाएको छ ।
गायक हेमन्त राना ‘साइली’ बोलको गीतबाट फेरि एकपटक चर्चामा आएका छन् । ‘लैजा रे’ बोलको गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा गहिरो छाप छाडेका हेमन्तले फेरि एकपटक ‘साइली’ गीतबाट सबैको मन जितेका छन् ।
अडियोमै हिट भएको यो गीतको भिडियोले नयाँ रेकर्ड राखेको छ । युटुबमा यो गीत २४ घन्टमै साढे ५ लाख भन्दा बढीले हेरेका छन् । यस्तो रेकर्ड कमै मात्र गीतले राख्ने गरेका छन् ।
यो गीतको भिडियो सार्वजनिक भएसँगै यो नेपालमा नम्बर १ को ट्रेन्डिङमा पनि छ । कालिप्रसाद बास्कोटाको संगीत रहेको गीतमा कालिप्रसाद र हिमाल साउदको शब्द छ ।
गीतको भिडियोलाई हेमन्त राना आफैले निर्देशन गरेका हुन् । भिडियोमा गौरव पहारी र मेनुका प्रधानले मोडलिङ गरेका छन् । गीतको शब्द, हेमन्तको गायकी र गीतको मेलोडी उत्कृष्ट छ । जसले गर्दा पनि यो गीतले छोटो समयमै यति धेरै चर्चा पाएको छ ।
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि