एकै पटक नियुक्त : दुई आईजीपी

CHAND-SHINGH-720x405काठमाडौं –निकै लामो रस्साकस्सीपछि सरकारले नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।

आईतबार विहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआईजी चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

डिआईजीहरु नवराज सिलवाल र जयबहादुर चन्द मध्ये कसलाई प्रहरी प्रमुख बनाउने भन्नेबारे शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।

त्यस्तै मन्त्रिपरीषद्को बैठकले शसस्त्र प्रहरी बलको महाननिरीक्षक (आईजीपी)मा एआईजी सिंहबहादुर श्रेष्ठलाई बढुवा गर्ने निर्णग गरेको सरकारका प्रवक्ता राम कार्कीले जानकारी दिए ।

आईतबार विहान करिब २० मिनेट मात्र बसेको बैठक दुई जना प्रहरी प्रमुख नियुक्त गरेर सकिएको छ ।

‘निर्वाचन चाँडै सम्पन्न गर्नुपर्ने छ’ सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री राम कार्कीले भने, ‘त्यसैले प्रहरी प्रमुखमा बढुवा गर्ने एउटा मात्रै निर्णय गरेर बैठक टुंग्याईएको हो ।’

नेपाल प्रहरी (जनपदतर्फ) प्रहरी प्रमुख बन्नका लागी चार जना डिआईजीहरु प्रतिस्पर्धामा थिए । आफ्नो प्रतिस्पर्धीहरु नवराज सिलवाल, प्रकाश अर्याल र बम बहादुर भण्डारीलाई पछि पार्दै चन्द नेपालको २५ औं आईजिपी बन्न सफल भएका छन् ।
नेपाली कांग्रेसको सभापती शेर बहादुर देउवाको साथ पाएका चन्द बरियतामा भने तेस्रो नम्बरमा थिए । अन्तिम समसयम्म देउवाले चन्दलाई प्रहरी प्रमुख बनाउनपर्ने अडान राखेपछि नवराज सिलवालको पक्षमा रहेका प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधी पछि हट्न बाध्य भएका थिए ।

सोमबार देखी प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहित अन्य एआईजीहरु समेत अनिवार्य अवकासका कारण घर जान लागेको हुनाले सरकारले डिआईजी मध्येबाट प्रहरी प्रमुख छानेको हो । चन्द सहितका अन्य चार जना डिआईजी २०४४ सालमा इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए ।

शसस्त्रको बागडोर सिंहबहादुरको जिम्मा

नेपाल प्रहरीको डिएसपीबाट एक तह बढुवा भएर शसस्त्र प्रहरी बलमा प्रवेश गरका सिंहबहादुर श्रेष्ठ शसस्त्र प्रहरी बलको नयाँ आईजिपी नियुक्त भएका छन् । ३० बर्षे सेवा अवधिका कारण दुर्जकुमार राईले फागुन २ गतेबाट अनिवार्य अवकास पाउने हुनाले सरकारले श्रेष्ठलाई शसस्त्र प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।
आफ्ना अन्य दुई प्रतिस्पर्धी एआईजीहरु प्रकाश ओझा र प्रेम कुमार शाहीलाई श्रेष्ठले पछि पारेका छन् ।

२०५७ सालमा नेपाल प्रहरी र नेपाली सेनालाई मिलाएर सरकारले शसस्त्र प्रहरी बल गठन गर्दा श्रेष्ठ नेपाल प्रहरीबाट शसस्त्रतिर जान तयार भएका थिए । त्यतिवेला डिएसपी रहेका श्रेष्ठ १० महिनापछि एसपी भएका थिए ।

एआईजी बरियतामा एक नम्बरमा रहेका श्रेष्ठ हाल प्रशासन विभागमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति