February 11, 2017

सुत्केरीको मृत्युपछि चितवनमा तनाव

चितवन, माघ २९ । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा आज अस्पतालमा तनाव सिर्जना भएको छ ।
अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो । अहिले सो विषयमा छलफल भइरहेको छ । सम्भावित घटना हुन सक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।
प्रहरीका अनुसार गोरखा ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमलालाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पताल ल्याइएको थियो । छिमेकी कमल बस्यालका अनुसार उनको हिजो बिहान शल्याक्रियामार्फत बच्चा निकालिएको थियो ।
दिउँसोबाट बिरामीको अवस्था गम्भीर बन्दै गएपछि साँझ पुनः शल्यक्रिया गरिएको पीडितपरिवारको भनाइ छ । शुक्रबार राति नै सुत्केरीको मृत्युभएपछि विमलाका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए । अस्पतालका चिकित्सक र नर्सले वेवास्ता गर्दा अत्यधिक रक्तस्राव भई सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज