चितवन, माघ २९ । चितवनको भरतपुर अस्पतालमा एक सुत्केरी महिलाको मृत्युको विषयमा आज अस्पतालमा तनाव सिर्जना भएको छ ।
अस्पतालको लापरबाहीले महिलाको मृत्यु भएको भन्दै पीडित परिवारले प्रदर्शन गरेपछि तनाव सिर्जना भएको हो । अहिले सो विषयमा छलफल भइरहेको छ । सम्भावित घटना हुन सक्ने भन्दै अस्पतालमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दीपक थापाले बताए ।
प्रहरीका अनुसार गोरखा ११ किलोका विष्णु श्रेष्ठकी श्रीमती ३४ वर्षीया विमलालाई यही माघ २६ गते सुत्केरी गराउन भरतपुर अस्पताल ल्याइएको थियो । छिमेकी कमल बस्यालका अनुसार उनको हिजो बिहान शल्याक्रियामार्फत बच्चा निकालिएको थियो ।
दिउँसोबाट बिरामीको अवस्था गम्भीर बन्दै गएपछि साँझ पुनः शल्यक्रिया गरिएको पीडितपरिवारको भनाइ छ । शुक्रबार राति नै सुत्केरीको मृत्युभएपछि विमलाका आफन्तले अस्पतालको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए । अस्पतालका चिकित्सक र नर्सले वेवास्ता गर्दा अत्यधिक रक्तस्राव भई सुत्केरीको मृत्यु भएको आफन्तको आरोप छ ।
९ चैत,काठमाडौं । सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या चार लाख नाघेको छ ।
९ चैत,काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सत्ता गठबन्धनका दलहरुलाई सरकारमा सम्मानजनक सहभागिता गराउन
९ चैत,काठमाडौं। नेपालको सार्वजनिक ऋण २० खर्ब ८० अर्ब रूपैयाँ पुगेको छ। फागुनमा मात्रै १०
९ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमहरुको पेशागत तथा भौतिक
काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल
९ चैत,काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमाले बलियो प्रतिपक्षीका रूपमा उभिएकाले पार्टी सङ्गठन