चार लाख पुरस्कारको महिला क्रिकेट वैशाखमा

धनगढी, माघ २९ । कैलालीको अत्तरियामा आगामी वैशाख १४ गतेदेखि देशकै सर्वा्धिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
अत्तरिया युनाइटेड स्पोर्टर्स क्लबको आयोजनामा महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो । क्लबले शुक्रबार यहाँ पत्रकार सम्मेलन गरी प्रतियोगितामा झन्डै रु चार लाखभन्दा बढी नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।
पुरुष क्रिकेटले आशातीत सफलता हासिल गर्दै गएको अवस्थामा महिला क्रिकेटको स्तर समेत बढाउनका लागि देशमै सर्वा्धिक धनराशिको महिला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रवि खनालले बताए ।cri
प्रतियोगिताका विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख पुरस्कार पाउने छन् । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट ब्याट्स ओमन, उत्कृष्ट बलर र उत्कृष्ट किपरलाई जनही रु १०–१० हजार र प्रत्येक खेलका ‘ओमन अफ द म्याच’लाई रु तीन हजार पुरस्कार दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग