२८ माघ, वीरगञ्ज। संघीय समाजवादी फोरम नेपाल, पर्सा जिल्लाको प्रथम एकता अधिवेशनलाई शुक्रबार वीरगञ्जमा उदघादन गर्दै यादवले एकल जातीय र नश्लवादी सोचको नेतृत्व गर्ने दलमा विभेदकारी रवैया रहँदासम्म मुलुकले गति लिन नसक्ने दाबी गरे । मुलुकमा नश्लवादको जग र विखण्डनको बीऊ एमालेले रोपेको आरोप लगाएका छन् । मधेसी, आदिवासी जनजाति विरुद्ध घृणा फैलाएर एमालेले नश्लीय सोच र एकल जातीय राज्यसत्तालाई कायम राख्न खोजेको यादवको आरोप छ । देशका हरेक नागरिक, भाषा, धर्म, संस्कृतिको सम्मान र पहिचान हुनुपर्नेमा जोड दिँदै यादवले भने, ‘राज्यसत्ता र यहाँको एउटा खास समुदायमा विभेदकारी मानसिकता हावी रहेसम्म देशले शान्ति, स्थायित्व, सम्मान र समृृद्धि कहिले पनि प्राप्त गर्नै सक्दैन । अध्यक्ष यादवले संविधान पुनर्लेखन नभए खारेज गरिदिने चेतावनी समेत दिए । अहिलेको संविधानलाई मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायले अस्वीकार गरिसकेको दाबी गर्दै उनले पुनर्लेखन नगरिए आन्दोलनको बलमा खारेज गर्ने बताए ।
‘विश्व समुदायले समेत संविधान त्रुटिपूर्ण छ भनिसक्दा पनि तीन दलको चेत खुलेन । हामीले त झन् संविधान नै जलाइसकेका छौं । अब पनि संशोधनमा आलटाल भए संविधान नै खारेज गर्ने भीषण आन्दोलन थाल्छौं,’ यादवले भने ।
उनले संविधान संशोधन नभएसम्म मुलुकमा कुनै पनि चुनाव हुन नसक्ने ठोकुवा गरे । ‘हामी पनि चुनाव चाहन्छौं तर संशोधन पनि मात्रै चुनाव मान्य हुन्छ,’ यादवले भने ।
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि