नेपाली कांग्रेस फुट्ने भयो : १८ वटा जिल्लामा जिल्ला कार्यसमिति पनि तयार | नेपाली कांग्रेसबाट मन्त्री भैसकेका ३० बढी नेताहरु जाने |

काठमाण्डौ | नेपाली कांग्रेस अन्ततः फुट्ने भएको छ । पार्टीलाईnepali-congressmn मनपरी ढंगले चलाइएको र आफ्नो भूमिकालाई निकै कमजोर बनाइएको भन्दै पार्टीका जिम्मेवार नेताहरुको अगुवाईमा नयाँ पार्टी खोल्न लागिएको खबर प्राप्त भएको छ । पार्टीका नेताहरुको गोप्य बैठकमा यस्तो निर्णय भएको हो । नेतृत्वले मनपरी ढंगले पार्टी चलाएको, पार्टीभित्रका जिम्मेवार व्यक्तिहरुलाई पनि वास्ता नगरिएको, विपीका पाठहरु भुलेर नेपाली कांग्रेसको साखमाथि धक्कापर्ने कार्यहरु नेतृत्वबाटै भएको लगायतका आरोप लगाउंदै नयाँ पार्टी खोल्न लागिएको स्रोतको दावी  छ |

नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीमा नेपाली कांग्रेसबाट मन्त्री भैसकेका ३० बढी नेताहरु जाने स्रोतको दावी छ । ‘पूर्व मन्त्रीहरु थुप्रै हुनुहुन्छ । अहिलेका संसदहरु पनि हुनुहुन्छ । अहिलेको पार्टी फुटीसकेपछी नयाँ पार्टी अहिलेको भन्दा झन् बलियो हुनेछ ।’ हालका संसदसमेत रहेका एक कांग्रेस नेताले  भने । उनका अनुसार अव बन्ने पार्टी खास अर्थको कांग्रेस पार्टी हुनेछ । ‘अहिलेको समग्र नेपाली कांग्रेसलाइ जनताले हेर्ने दृष्टिकोण फरक हुन थालेको छ । विपीको साख जोगाउन भएपनि हामीले नयाँ पार्टी खोल्ने पर्छ। ‘ उनले भने ।

स्रोतका अनुसार नेपाली कांग्रेस फुटेर बन्ने नयाँ पार्टीको नाम नेपाली कांग्रेस(वीपी) विपी हुनेछ । निर्वाचन आयोगमा दर्ता भएको नेपाली कांग्रेस(राष्ट्रवादी)को नाम संसोधन गरेर नेपाली कांग्रेस (वीपी) राख्ने आन्तरिक छलफल भएको छ । अवको केहिदिनमा हाम्रो पार्टी निर्वाचन आयोगमा समेत दर्ता हुनेछ । त्यसपछी लगत्तै हामी पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिनेछौं । हाम्रो समूह अहिले गोप्य राखौं । सम्पूर्ण प्रकिर्या सकिसकेपछि हामी पत्रकार सम्मेलन गरेर सबै कुरा जानाकारी गराउनेछौं ।’ आफ्नो नाम नखुलाउन आग्रह गर्दै एक नेताले भने ।

प्राप्त जानकारी अनुसार नयाँ पार्टी खोल्ने सम्बन्धमा कांग्रेका जिम्मेवार नेताहरु बिगत एक महिनादेखि गोप्य बैठकमा थिए । ‘हामीले हाम्रो आन्तरिक बैठकबाट काठमाण्डौ र अवता १८ वटा जिल्लामा जिल्ला कार्यसमिति पनि तयार गरेका छौं । दर्ता लगत्तै हामी सबै जिल्लामा पार्टीलाई बिस्तार गर्नेछौं ।’ एक नेताले भने ।

स्रोतका अनुसार नयाँ पार्टीको झण्डा अहिलेको कांग्रेसकै जस्तो हुनेछ । ‘केहि फरक लुक्स त दिनेछौं नै । तर अहिलेको पार्टीको जस्तै झण्डा बनाउने निर्णय भएको छ ।’ स्रोत अगाडी भन्छ, ‘ हामीले पार्टीको चुनाव चिन्ह भने परेवा राख्ने निर्णय गरेका छौं । हेरौं अव निर्वाचन आयोगको निर्णय कस्तो हुन्छ ? सबैलाई समेटेर अगाडी बढ्ने प्रयासमा छौं हामी । सबै भन्नाले साँचो अर्थमा कांग्रेसहरु । अहिलेको नेतृतको मनपरीबाट आजित भएकाहरुले हामीलाई समर्थन गर्नुहुनेछ भन्ने हामी विश्वस्त छौं

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार