पूर्वी नेपाल र वीरगञ्जको औद्योगिक जिल्ला अब लोड सेडिङमुक्त

Electricity-bijuli-no-loadsedding२८ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पर्साको वीरगञ्जसहित पूर्वी नेपालका जिल्लाहरुमा लोडसेडिङ हटाउन तयारी थालेको छ । प्राधिकरणका अनुसार अब लोडसेडिङ हटाउन पर्सासहित पूर्वका झापा, मोरङ, सुनसरीलगायतका जिल्लालाई प्राथमिकतामा राखिएको छ ।

काठमाडौंसहित ८ जिल्लाबाट लोडसेडिङ हटाउने अभियानको सुरुवात गरेको प्राधिकरणले पोखरा र चितवनलाई पनि लोडसेडिङमुक्त गराइसकेको छ । अब प्रमुख औद्योगिक जिल्लाहरुलाई केन्दि्रत गर्दै लोडसेडिङ हटाउने अभियानलाई तीव्रता दिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले  बताए ।

 

‘हामी लोडसेडिङ हटाउने विषयलाई प्राथमिकतामा राखेर काम गरेका छौं, सम्भव भएसम्म सबै क्षेत्रबाट हटाऔं भनेर अनेकन गृहकार्य भइरहेका छन्,’ प्रवक्ता अधिकारी भन्छन्, ‘सबै नागरिकलाई हरपल बिजुली सुविधा दिनु हाम्रो कर्तब्य नै हो । त्यसैले अभियानलाई प्रचारमुखी बनाउने हाम्रो सोच छैन । अब हाम्रो लोडसेडिङ हटाउने अभियन पूर्वी तथा मध्य तराई क्षेत्रमा केन्दि्रत हुन्छ ।’

अबको १५ दिनभित्रै रक्सौल-परवानीपुर १३२ केभीको प्रशारणलाइन निर्माणको काम सकिँदैछ । सबस्टेशनको केही काम सकिएपछि भारतबाट थप ५० मेगावाट बिजुली आउने छ ।

त्यस्तै कुशाह-कटैया प्रशारणलाइनको काम पनि छिट्टै सकेर अर्को ५० मेगावाट बिजुली भारतबाट राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । यो प्रशारणलाइनको सब-स्टेशनको काम थोरैमात्रै बाँकी छ ।

रक्सौल-परवानीपुर र कुशाह-कटैया प्रसारण लाइनको काम सकिनासाथ भारतबाट थप एक सय मेगावाट बिजुली आयात हुनेछ र पूर्वी नेपालका जिल्लाहरु लोडसेडिङ मुक्त हुनेछन् ।

अब केही हस्ताभित्रै वीरगञ्ज-पथलैया औद्योगिक करिडोरलाई लोडसेडिङमुक्त गर्ने गरी तयारी गरिरहेको प्राधिकरणका प्रवक्ता अधिकारीले बताए ।

‘पहिलो प्राथमिकता हाम्रा घरेलु ग्राहकलाई नै हो । तर, औद्योगिक ग्राहकलाई पनि न्युनतम बिजुली उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो,’ प्रवक्ता अधिकारीले भने, ‘त्यसैले अब वीरगञ्ज परवानीपुर औद्योगिक कोरिडोरमा न्युनतम १८ घण्टा बिजुली उपलब्ध गराउन पनि हामीले प्रयास थालेका छौं ।’

उनले घाटामा रहेको प्राधिकरणको राजश्वमा वृद्धि गरेर संस्थालाई समृद्ध बनाउन पनि औद्योगिक ग्राहकलाई समेत सुविधा दिनुपर्ने अवस्था रहेको बताए ।

उनले सो क्षेत्रमा सीमितबाहेक अधिकांश उद्योग १६ देखि १८ घण्टामात्रै चल्ने भएकाले त्यसैअनुरुप बिजुली उपलब्ध गराइने बताए । रक्सौल-परिवानीपुर प्रशारणलाइनबाट ५० मेगावाट बिजुली आयात गरेपछि वीरगञ्ज क्षेत्रका उद्योगलाई बिजुलीको समस्या नहुने उनको भनाइ छ । पूर्वी क्षेत्रका उद्योगलाई पनि सञ्चालन अवधिभर नै बिजुली दिनसक्ने गरी लोडसेडिङ हटाइने बताए ।

‘झापा, सुनसरी र मोरङ क्षेत्रमा पनि अहिले दैनिक एकदेखि दुई घण्टासम्म मात्रै लोडसेडिङ भइरहेको छ । कुशाह-कटैया ट्रान्समिशनबाट थप बिजुली आएपछि सो क्षेत्रको एकाध घण्टाको लोडसेडिङ पनि हट्छ,’ अधिकारीले भने ।

उनले अबको २ महिनापछि नदीमा पानीको बहाव पनि बढ्ने भएकाले आन्तरिक बिजुली उत्पादन पनि बढ्ने बताए । त्यसपछि प्राधिकरणले क्रमैसँग धेरै क्षेत्रबाट लोडसेडिङ हटाउने उनले बताए ।

‘त्यसपछि करिब-करिब देशैभरबाट लोडसेडिङ हटाउने अभियानको नजिक पुग्छौं,’ प्रवक्ता अधिकारीले भने, ‘त्यसपछि प्राधिकरणले लोडसेडिङको कुरै गर्दैैन । लोडसेडिङ हटेपछि हामी बिजुली बढी खपत गर्नुस् भनेर सूचना निकाल्ने अवस्थामा पुग्छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि