February 10, 2017

जेठ १ भित्र स्थानीय चुनाव गर्ने ‘समझदारी’

Prachanda-oli-and-narayan-kaji२८ माघ, काठमाडौं । प्रमुख दलहरु फागुन ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा गर्न सहमत भएका छन् । सहमतिअनुसार पहिलो चरणको स्थानीय चुनाव वैशाख अन्तिम साता वा जेठ १ भित्र हुनेछ ।

 

निर्वाचन आयोगले पनि फागुन ८ गतेभित्र सबै ऐन कानुनका साथै स्थानीय तह पुनर्संरचना प्रतिवेदन दिए मात्रै जेठमा चुनाव गर्न सकिने बताएको छ ।

स्रोतहरुका अनुसार सरकारले अब फागुन ७ वा ८ गते नै चुनावको मिति घोषणा गर्नेछ ।

चुनावको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार बिहान प्रमुख विपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशको हात्तिवनस्थित निवासमा भएको बैठकमा एमाले उपाध्यक्ष भीम रावल पनि सहभागी थिए ।

एमाले र माओवादी शीर्ष नेताहरुको बैठकअघि माओवादी नेता श्रेष्ठले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि टेलिफोनमा कुराकानी गरेका थिए ।

माओवादी नेता श्रेष्ठ भन्छन्, ‘म आशावादी छु कि ८ गतेभित्र स्थानीय तहको चुनाव घोषणा हुन्छ र स्थानीय तहको प्रतिवेदन फाइनल गरेर आयोगलाई बुझाइन्छ ।’

निर्वाचन आयोगले स्थानीय तहको चुनाव कम्तिमा दुई चरणमा गर्नुपर्ने बताएको छ । त्यस आधारमा वैशाख २९ वा जेठ १ गते पहिलो चरणको चुनाव गर्ने तयारी छ ।

संविधान संशोधनबाट पछि हटेको छैनौं: श्रेष्ठ

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेबरहादुर देउवाले मधेसी मोर्चालाई संविधान संशोधन प्रक्रिया टुंगोमा पुगेपछि मात्र चुनावको मिति घोषणा गर्ने बचन दिएका थिए ।

तर, व्यवस्थापिका संसद बैठक फागुन १० गतेसम्मका लागि स्थगित भएको छ । र, आयोगले ८ गतेको म्याद दिएकाले संशोधन प्रक्रिया जारी रहँदा नै चुनावको मिति घोषणा गर्नुपर्ने बाध्यता आइपरेको नेताहरुले बताएका छन् ।

‘संविधान संशोधन प्रस्ताव टुंगो लगाएपछि मात्रै चुनावको मिति घोषणा गर्दा निर्वाचन आयोगले भ्याउँदैन भन्यो । त्यसलाई ध्यान दिएर घोषणा गर्न खोजिएको हो’ माओवादी नेता श्रेष्ठ भन्छन्, तर, संविधान संशोधन प्रस्ताव फिर्ता लिने वा छोडेको होइन ।’

उनका अनुसार अरु पार्टीका साथै एमालेसँग पनि छलफल जारी राखिनेछ र मधेस केन्दि्रत दलहरुसँग छलफल गरेर संशोधन प्रक्रियालाई टुंगोमा पुर्‍याइनेछ ।

दलहरुको सक्रियता

पछिल्लो समय राष्ट्रपति विद्या भण्डारीले प्रमुख दलहरुका नेताहरुलाई भेटेर सचेत गराएकी थिइन् । त्यसपछि दलका नेताहरु चुनावको वातावरण बनाउन घनिभूत छलफलमा जुट्न थालेका हुन् ।

राष्ट्रपतिले बिहीबार माओवादी नेता श्रेष्ठका साथै मधेसी मोर्चा एवं तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग छुट्टा छुट्टै छलफल गरेकी थिइन् ।

यो भेटलगतै माओवादी नेता श्रेष्ठले निर्वाचन आयोगको टीमसँग छलफल गर्नुका साथै राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँग पनि सम्वाद गरेका थिए । साथै उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

श्रेष्ठकै पहलमा शुक्रबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच वार्ता भएको थियो ।

एमाले उपाध्यक्ष भीम रावलका अनुसार भेटमा ओलीले बोलेर होइन, मिति तोकेर व्यवहारमै चुनावप्रतिको इमान्दारिता देखाउन प्रचण्डलाई आग्रह गरेका छन् ।

रावलले भने, ‘प्रधानमन्त्रीको कुरा अझै पनि क्लियर छैन, चुनावको तयारी भइरहेको छ भन्नुभयो । तर, हामीले तयारी होइन मिति नै चाहियो भन्यौं । वास्तवमा आज एमालेले चुनावबारे गम्भिररुपमा ध्यानाकर्षण गराएको छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

विदेशमा रहेका नेपालीलाई मतदानका लागि ५ मोडेल प्रस्ताव

 साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४