भूकम्पपीडितका लागि दाताको प्रतिबद्धता पत्र नै सरकारले हरायो

काठमाडौँ, २७ माघ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले भूकम्पपीडितहरुका लागि दातृराष्ट्रले राहत दिन कबुल गरेको प्रतिबद्धता पत्र नै सरकारले हराएको आरोप लगाएका छन् ।Dr.-Govinda-Pokharel

कार्यकारी अधिकृत पोखरेलले दाताहरुले प्रतिबद्धता जनाएको रकम लिन सरकारले चासो नदेखाएको आरोप लगाउँदै प्रतिबद्धता अनुसारको रकम प्राप्त नभए पुनर्निमाणको काम प्रभावित हुने बताए ।

‘दाता सम्मेलनमा साउदी सरकारले ३ अर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता पठाएको पत्र सरकारी निकायले हराएका छन्’, व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले भने, ‘सरकारी निकायले दातृ राष्ट्रको पत्र नै हराएकाले त्यसको असर पुनर्निमाणमा परेको छ ।’

उनले दाता सम्मेलनमा दाताहरुले प्रतिबद्धता जनाएको सहायता लीनका लाथि अर्थ मन्त्रालयले चासो नै नदेखाएको आरोप पनि लगाए । पोखरेलले विभिन्न मुलुकका राजदूतहरुले आफूसँगको भेटमा पुनर्निमाणका लागि प्रतिबद्धता जनाएको रकम लिन सरकारले चासो नै नदेखाएको गुनासो गरेको पनि सांसदहरुलाई सुनाए ।

भूकम्प गएको दुई महिनापछि काठमाडौँमा गरिएको सम्मेलनमा अन्तरराष्ट्रिय समुदायले पुनर्निर्माणका लागि करिब ४ खर्ब रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । छिमेकी मुलुक भारतले एक खर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने प्रतिबद्धता जनाएको थियो । तर प्रतिबद्धता अनुसारको उक्त रकम सरकारले अझै प्राप्त गरेको छैन ।

पाँच लाख १० हजारलाई पहिलो किस्ताको राहत

समितिको बैठकले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई पालमुनीका सबै भूकम्प प्रभावितहरुलाई आउँदो वर्षाअगावै सुरक्षित बासमुनी सार्न अनुदान रकम वितरण गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले हालसम्म ५ लाख १० हजार १ सय ३० भूकम्प प्रभावित परिवारलाई पहिलो किस्ताको तथा ७ सय २० परिवारलाई दोस्रो किस्ताको अनुदान उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार १ लाख १५ हजार ९ सय ६ परिवारलाई अझै पहिलो किस्ताको रकम अनुदान दिन बाँकी छ ।

भूकम्प प्रभावितमध्ये ९३ हजार ३ सय ७३ परिवारले आफ्नो नाम लाभग्राहीको सूचीमा नपरेको गुनासो गरेका छन् ।

समितिले व्यवस्थितरुपमा तथ्याङ्क सङ्कलन र सर्वेक्षणको काम सकेर अनुदान वितरण गर्न तथा त्यसका लागि आवश्यक परे नीति र प्रक्रियामा सुधार गर्न निर्देशन दिएको छ । कारोबार दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं, जेठ १६ गते । आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा नक्कली  भुटानी

आज नेप्से परिसूचक ३२ अंकले बढ्यो

 जेठ ४, काठमाडौं । साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ ।आज

शरणार्थी प्रकरणका अर्का नेपाली काङगे्रस निकट पूर्वसभासद् शेर्पालाई पक्राउ पुर्जी जारी

 वैशाख ३१, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली काङगे्रस निकट पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ

माहाभियोग सम्बन्धमा सर्बोच्च अदालतले गरेको नयाँ ब्याख्या यस्तो छ

काठमाडौँ, २९ बैशाख । सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या

नेभा कर्णाली प्रदेशद्धारा ५ बुँदे मागपत्र पेश

२६ बैशाख, सुर्खेत । कर्णालीका सामुदायिक स्वास्थ्य स्वयम्सेवीहरुको प्रतिनिधित्व गर्दै मर्यादित काम, उचित ज्याला र

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल