27 माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा स्काइरेल अर्थात मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्ने भएको छ ।
वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार काठमाडौंमा मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ । र, योजना अनुसार काम भयो भने अबको २ वर्षभित्र काठमाडौंको छोटो रुटमा परीक्षणका रुपमा मोनोरेल सञ्चालनमा आउनेछ ।
वाइबिडी साइमेक्स कम्पनी ३ महिनाभित्रै काठमाडौंको कुनै १० किलोमिटरको रुटमा मोनोरेल चलाउने विषयमा सम्भाब्यता अध्ययन गर्नेछ । काठमाडौंका अधिकांश क्षेत्रको अध्ययन सक्ने भने १ वर्ष लाग्छ ।
यदि प्रतिवेदनले स्काइरेललाई अगाडि बढाउन सकिने देखाएमा त्यसको करिब १ वर्षभित्रै रेल सञ्चालनमा आउन सक्ने वाइबिडी साइमेक्सका अध्यक्ष प्रशिद्धजंग पाण्डेले दाबी गरे ।
काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले काठमाडौंमा मेट्रो रलको भन्दा मोनोरेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारी अन्तरगत सम्भाब्यता अध्ययन गर्न लागिएको बताए ।
‘मेट्रो रेलका लागि लगानी बोर्डले पनि अध्ययन थालेको छ । तर, हाम्रो पूर्वाधार र ग्राउण्ड रियालिटी हेर्दा स्काइरेलको सम्भावना बढी राम्रो देखियो’ तामाङले भने, ‘मेट्रो रेल जमिनभित्र कुद्ने भएकाले निर्माण तथा सञ्चालन लागत पनि बढी हुन्छ । स्काइ रेल भने हाम्रो शहरको पूर्वाधारसँग म्याच हुने देखियो ।’
तामाङले फिजिबिलटी रिपोर्ट आएपछि कुन मोडलमा, कसरी स्काइ रेल चलाउने भन्ने निर्णय हुने बताए ।
उनले मलेसिया लगायतका देशमा ११ मिटर फराकिलो सडकमाथि पनि स्काइरेल चलिरहेकाले काठमाडौंमा यसको सम्भावना राम्रो रहेको सुनाए । साइमेक्सका अध्यक्ष पाण्डेले यो रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुने बताए ।
निर्माण अवधि पनि मेट्रो रेलको भन्दा एकतिहाइ कम हुने भएकाले यसको राम्रो सम्भावना देखिएको उनको भनाइ छ । ‘हामी सुरुवातमा सम्भाब्यता अध्ययन गर्छौं । एकवर्षभित्र काठमाडौंभरिको रुटमा यसको अध्ययन भइसक्छ’ पाण्डेले भने, ‘१० किलोमिटरको रुटमा पाइलट प्रोजेक्टमा रुपमा काम गर्न ३ मिहनाभित्रै प्ररम्भिक रिपोर्ट आउनेछ ।’
त्यसपछि सरकारी प्रक्रिया पुरा हुनासाथ त्यसका एकवर्षभित्र नै रेल सञ्चालनमा ल्याउन सकिने छ ।
उनले ट्रली बसको जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने बताए । आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनैपनि किसिमको असर नगर्ने उनको भनाइ छ ।
‘स्काइ रेलमा लगानी गर्दा त्यसको प्रतिफल आउन सक्छ कि सक्दैन भन्ने पनि सम्भाब्यता अध्ययनले टुंग्याउनेछ’ पाण्डेले भनेका छन् ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि
भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको