पत्रपत्रिकाको फ्रन्टपेजः स्थानीय निर्वाचनबारे भएका गतिविधि र नेताका अभिव्यक्तिसम्बन्धी

IMG_9563-768x1103२७ माघ, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले सरकारको समीक्षा गर्नेदेखि स्थानीय निर्वाचनबारे भएका गतिविधि र नेताका अभिव्यक्तिसम्बन्धी समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।

अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री ‘असफल’ शीर्षकमा समीक्षात्मक समाचारलाई महत्वका साथ छापेको छ । त्यस्तै नेपाल प्रहरीका डिआईजीको बढुवामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच विवाद भएको समाचारलाई पनि फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

काबुल – कट्टर धार्मिक अतिवादि समुह इस्लामिक स्टेट आईएस ले अफगानिस्तानको जौजाङ प्रान्तमा बुधबार अन्तराष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

आईएस लडाकूले स्थानिय समयअनुसार बिहान १० बजेतिर कर्मचारीमाथि आक्रमण गरेको अन्तराष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अहमदले जानकारी दिए ।
६जनाको शव भेटिएको छ भने दुईको अवस्था अज्ञात रहेको बताइएको छ ।

आक्रमणमा मारिएका सबै अफगानिस्तानका नागरिक हुन् । घटनास्थल राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरमा पर्दछ ।

 

नयाँ पत्रिका दैनिकमा विदेशसम्बन्धबारे सरकारले लिएको नीति र त्यसको प्रतिफलसम्बन्धी समाचारले महत्व पाएको छ ।

विद्युतीय भोटिङ मेसिन खरिदमा ‘कानुन मिच्दै सरकार’ शीर्षकको समाचारलाई प्राथमिकता दिएको नागरिक दैनिकले नेपाली चुल्ठो र दाह्रीले विदेशी बजारमा जमाएको प्रभावबारेको समाचारलाई प्राथमिकता दिएको छ ।

पशुपति क्षेत्र विकास कोषले अधिग्रहण पीडितका नाममा जग्गा बाँड्ने निर्णय गर्न बिहीबार सञ्चालक परिषद् बैठक डाकेको छ ।
अधिग्रहण प्रभावितका नाममा झण्डै एक दर्जनलाई तिलगंगा आखा अस्पताल छेउमा रहेको कोषको करोडौं मूल्य पर्ने जग्गा कौडीको भाउमा घडेरीका रुपमा दिन परिषद् बैठक डाकिएको खबर आजको नागरिकमा छ ।

कार्यसम्पादन समितिबाट समेत उक्त जग्गा दिन उचित हुने राय पेस भएपछि पशुपतिनाथको जग्गा बाँड्ने प्रस्ताव अघि बढाइएको हो ।
जनही दुई आना, दुई पैसा दुई दामका दरले जग्गा (घडेरी) दिने तयारी छ ।

कार्यसम्पादन समितिबाट मात्र जग्गा वितरण गर्न सक्ने नदेखिएपछि कोषले सिटु नामको जग्गा अधिग्रहण पीडितलाई बाड्न भन्दै परिषद्को बैठक डाकेको हो ।
कोषले सञ्चालक परिषद्का सदस्यलाई पठाएको पत्रमा ‘सिटु क्षेत्रको घडेरी विरण एवं बाँडफाँट सम्बन्धी’ प्रस्ताव छ ।

कान्तिपुर दैनिकको फ्रन्टपेजमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुलाई सचेत गराएको समाचार र महाभियोग सिफारिस समितिले अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीमाथि कारबाही हुनुपर्ने प्रतिवेदन बुझाएको समाचारले स्थान पाएको छ ।

लन्डन – आफूखुसी चर्च गएको भन्दै श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायती अदालतले आठ साताको जेल सजाय सुनाएको खबर आजको कान्तिपुरमा छ ।
हिवटबर्न रोडमा बस्ने ६४ बर्षीय कहरसिंह लिम्बूले आफ्नो १७ बर्षे छोराको सामुन्ने श्रीमतीलाई तरकारी काट्ने चक्कु देखाउँदै ज्यान लिने धम्की दिएका थिए ।

गत शुक्रबार स्विन्डनस्थित मजिस्ट्रेट कोर्ट कार्यालयका भएको सुनुवाइमा अभियोजन पक्षका वकिलले लिम्बूका छोराले प्रहरीलाई आफ्नो बुबाले आमालाई चर्च जान नदिने र गए ज्यानै लिने धम्की दिने गरेको बताएको जानकारी गराएका थिए ।

जुरीले सुरुमा १६ साताको जेल सजाय सुनाएकोमा कहरसिंहले पश्चात्ताप गरेपछि त्यसलाई घटाएर ८ सातामा झारेको थियो । उत्त, सजाय एक बर्षपछि मात्रै कार्यान्वयन हुनेछ ।

महानगरले मोनो रेलको योजना ल्याएको समाचारलाई महत्व दिएको राजधानी दैनिकले नयाँ आइजीपी बन्न रस्साकस्सी भएको समाचारलाई एंकर बनाएको छ ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव हुनेमा शंका नगर्न आग्रह गरेको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यस्तै, विवाह गर्न अब २० वर्ष पुग्नैपर्ने समाचारले पनि प्राथमिकता पाएको छ ।

‘घातक एसिड खुलमखुला’लाई मुख्य समाचार बनाएको नेपाल समाचारपत्र दैनिकले राप्रपा अधिवेशनमा नेतृत्वका लागि रस्साकस्सी बढेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

राष्ट्रपतिबाट आह्वान लगत्तै ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, काठमाडौँ। प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार

कांग्रेस बैठकले गरेका चार निर्णय

 असार १९,काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेकपा (एमाले) सँग नयाँ सत्ता सहकार्यको