२७ माघ, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले सरकारको समीक्षा गर्नेदेखि स्थानीय निर्वाचनबारे भएका गतिविधि र नेताका अभिव्यक्तिसम्बन्धी समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।
अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री ‘असफल’ शीर्षकमा समीक्षात्मक समाचारलाई महत्वका साथ छापेको छ । त्यस्तै नेपाल प्रहरीका डिआईजीको बढुवामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीच विवाद भएको समाचारलाई पनि फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
काबुल – कट्टर धार्मिक अतिवादि समुह इस्लामिक स्टेट आईएस ले अफगानिस्तानको जौजाङ प्रान्तमा बुधबार अन्तराष्ट्रिय रेडक्रसका ६ जना कर्मचारीको हत्या गरेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
आईएस लडाकूले स्थानिय समयअनुसार बिहान १० बजेतिर कर्मचारीमाथि आक्रमण गरेको अन्तराष्ट्रिय रेडक्रसका काबुलस्थित प्रवक्ता रमिन अहमदले जानकारी दिए ।
६जनाको शव भेटिएको छ भने दुईको अवस्था अज्ञात रहेको बताइएको छ ।
आक्रमणमा मारिएका सबै अफगानिस्तानका नागरिक हुन् । घटनास्थल राजधानी काबुलदेखि ३ सय ९० किलोमिटर उत्तरमा पर्दछ ।
नयाँ पत्रिका दैनिकमा विदेशसम्बन्धबारे सरकारले लिएको नीति र त्यसको प्रतिफलसम्बन्धी समाचारले महत्व पाएको छ ।
विद्युतीय भोटिङ मेसिन खरिदमा ‘कानुन मिच्दै सरकार’ शीर्षकको समाचारलाई प्राथमिकता दिएको नागरिक दैनिकले नेपाली चुल्ठो र दाह्रीले विदेशी बजारमा जमाएको प्रभावबारेको समाचारलाई प्राथमिकता दिएको छ ।
पशुपति क्षेत्र विकास कोषले अधिग्रहण पीडितका नाममा जग्गा बाँड्ने निर्णय गर्न बिहीबार सञ्चालक परिषद् बैठक डाकेको छ ।
अधिग्रहण प्रभावितका नाममा झण्डै एक दर्जनलाई तिलगंगा आखा अस्पताल छेउमा रहेको कोषको करोडौं मूल्य पर्ने जग्गा कौडीको भाउमा घडेरीका रुपमा दिन परिषद् बैठक डाकिएको खबर आजको नागरिकमा छ ।
कार्यसम्पादन समितिबाट समेत उक्त जग्गा दिन उचित हुने राय पेस भएपछि पशुपतिनाथको जग्गा बाँड्ने प्रस्ताव अघि बढाइएको हो ।
जनही दुई आना, दुई पैसा दुई दामका दरले जग्गा (घडेरी) दिने तयारी छ ।
कार्यसम्पादन समितिबाट मात्र जग्गा वितरण गर्न सक्ने नदेखिएपछि कोषले सिटु नामको जग्गा अधिग्रहण पीडितलाई बाड्न भन्दै परिषद्को बैठक डाकेको हो ।
कोषले सञ्चालक परिषद्का सदस्यलाई पठाएको पत्रमा ‘सिटु क्षेत्रको घडेरी विरण एवं बाँडफाँट सम्बन्धी’ प्रस्ताव छ ।
कान्तिपुर दैनिकको फ्रन्टपेजमा राष्ट्रपति विद्यादेवी भण्डारीले दलका नेताहरुलाई सचेत गराएको समाचार र महाभियोग सिफारिस समितिले अख्तियारका तत्कालिन प्रमुख लोकमानसिंह कार्कीमाथि कारबाही हुनुपर्ने प्रतिवेदन बुझाएको समाचारले स्थान पाएको छ ।
लन्डन – आफूखुसी चर्च गएको भन्दै श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायती अदालतले आठ साताको जेल सजाय सुनाएको खबर आजको कान्तिपुरमा छ ।
हिवटबर्न रोडमा बस्ने ६४ बर्षीय कहरसिंह लिम्बूले आफ्नो १७ बर्षे छोराको सामुन्ने श्रीमतीलाई तरकारी काट्ने चक्कु देखाउँदै ज्यान लिने धम्की दिएका थिए ।
गत शुक्रबार स्विन्डनस्थित मजिस्ट्रेट कोर्ट कार्यालयका भएको सुनुवाइमा अभियोजन पक्षका वकिलले लिम्बूका छोराले प्रहरीलाई आफ्नो बुबाले आमालाई चर्च जान नदिने र गए ज्यानै लिने धम्की दिने गरेको बताएको जानकारी गराएका थिए ।
जुरीले सुरुमा १६ साताको जेल सजाय सुनाएकोमा कहरसिंहले पश्चात्ताप गरेपछि त्यसलाई घटाएर ८ सातामा झारेको थियो । उत्त, सजाय एक बर्षपछि मात्रै कार्यान्वयन हुनेछ ।
महानगरले मोनो रेलको योजना ल्याएको समाचारलाई महत्व दिएको राजधानी दैनिकले नयाँ आइजीपी बन्न रस्साकस्सी भएको समाचारलाई एंकर बनाएको छ ।
गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले चुनाव हुनेमा शंका नगर्न आग्रह गरेको समाचारले महत्वपूर्ण स्थान पाएको छ । त्यस्तै, विवाह गर्न अब २० वर्ष पुग्नैपर्ने समाचारले पनि प्राथमिकता पाएको छ ।
‘घातक एसिड खुलमखुला’लाई मुख्य समाचार बनाएको नेपाल समाचारपत्र दैनिकले राप्रपा अधिवेशनमा नेतृत्वका लागि रस्साकस्सी बढेको समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले