अमेरिकी अदालतमा ट्रम्पको विवादास्पद आदेशबारे आतंक

Donald-Trump-US-President-1-768x487

 

२६ माघ, काठमाडौं । अमेरिकी पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आप्रवासन प्रतिवन्धको बचाउ गर्ने र त्यसलाई चुनौति दिने दुवै पक्षलाई कडा प्रश्नहरु सोधेको छ ।

सबै शरणार्थी तथा सात मुस्लिम देशका नागरिकलाई अमेरिका आउन लगाइएको प्रतिवन्धलाई अघिल्लो हप्ता अदालतले तत्कालिन रुपमा खारेज गरिदिएको थियो ।

तीन न्यायाधीशको इजलासले राष्ट्रपतिको सामर्थ्यलाई सीमित गर्ने तथा सात देशलाई आतंकवादसँग जोड्ने प्रमाणहरुलाई लिएर थुप्रै सवाल तेस्र्याएको हो । अदालतले सोधेको छ, के यो निर्णयलाई मुस्लिमविरोधी मान्न सकिँदैन ?

अर्को हप्ता सन फ्रान्सिस्कोको सर्किट कोर्टका तर्फबाट यसमाथि कुनै फैसला आउन सक्ने आशा गरिएको छ ।

फैसला जे आए तापनि यस मुद्दाको किनारा सर्वोच्च अदालतले नै लगाउने विश्वास गरिएको छ ।

मंगलबार दुवै तर्फबाट एक घन्टासम्म बहस भएको थियो । यो मुद्दामा अमेरिकी न्याय मन्त्रालय पनि सहभागी छ र उसले ट्रम्पको प्रतिवन्ध आदेशलाई पुनस्र्थापित गर्नुपर्ने अपिल गरेको छ ।

सरकारतर्फका वकिल अगस्ट फ्लेत्जेले आफ्नो देशमा को आउने र को नआउने भनेर नियन्त्रण गर्ने अधिकार राष्ट्रपतिसँग रहेको जिकिर गरे ।

उनलाई सोधियो कि ती सात देशहरुबाट अहिले अमेरिकालाई कस्तो खतरा छ । यसमा फ्लेत्जेको जवाफ थियो, ‘अमेरिकामा कयौं सोमालियालीहरुको सम्वन्ध अल शबाब ग्रुपसँग छ ।’

त्यसपश्चात वाशिङटन प्रान्तका एक वकिलले ट्रम्पको कार्यकारी आदेशबाट अमेरिकी सरकारलाई केही नोक्सानी नहुने दाबी गरे । सोलिसिटर जनरल नोआह पर्सेलले राष्ट्रपतिको प्रतिवन्धबाट उनको प्रान्तका हजारौं निवासी प्रभावित हुने बताए । उनले भने, ‘जो छात्रहरु वासिंटन आउने कोशिश गरिरहेका छन्, उनीहरुले बेमतलबको ढिलाई व्यहोर्नुपर्नेछ । यसका साथै अन्य मानिसहरु आफ्नो परिवारलाई भेट्न अमेरिका छोडेर जान सक्ने छैनन् ।’

सुनवाईको अन्तिम क्षणमा यदि यो प्रतिवन्ध मुस्लिमलाई रोक्नका लागि हो भने असंवैधानिक हुनेछ भन्ने विषयमा बहस भयो । न्यायाधीश रिचर्ड क्लिफ्टनले दुवै पक्षलाई सोधे कि के यसबाट संसारका केवल १५ प्रतिशत मुसलमान प्रभावित हुनेछन् ?

सोमबार राति अमेरिकी न्याय मन्त्रालयका तर्फबाट जारी १५ पन्नाको एउटा दस्तावेजमा ट्रम्पको आदेश निष्पक्ष रहेको र कुनै धर्मविशेषसँग यसको सम्वन्ध नरहेको दावी गरिएको थियो । तर मंगलबार अदालतमा पर्सेलले चुनावी अभियानका दौरान ट्रम्पले दिएको अभिव्यक्तिको हवाला दिए ।

त्यतिबेला ट्रम्पले गैरअमेरिकी मुस्लिमहरुमाथि अस्थायी रुपमा प्रतिवन्ध लगाउने कुरा गरेका थिए । पर्सेलले ट्रम्पका सल्लाहकार रुडी जुलियानीको अभिव्यक्ति पनि उल्लेख गरे । जुलियानीले भनेका थिए कि उनले मुस्लिमहरुलाई अमेरिकामा काम गर्न कानूनी प्रतिवन्ध लगाउन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र