February 8, 2017

चिडियाखाना अहिले, कानुन बन्ने कहिले कहिले

माघ २६ , काठमाडौं – लामो चर्चा र प्रतीक्षापछि सरकारले गत असार ९ गते औपचारिक रुपमा भक्तपुरको सूर्य विनायकमा राष्ट्रिय प्राणी उद्यान (चिडियाखाना) निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो ।

जाउलाखेलस्थित सदर चिडियाखानाको विकल्पको रुपमा अघि सारिएको उद्यान निर्माणको पहल अघि बढ्दै गर्दा मन्त्रीपरिषद्ले गत साता तनहुँमा अर्को चिडियाखाना निर्माण गर्ने निर्णय गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

वन्यजन्तुको संरक्षण, संरक्षण शिक्षा तथा पर्या पर्यटन प्रवद्र्धनका लागि एक प्रवेश एक प्राणी उद्यान स्थापना गर्ने सरकारको लक्ष्य छ ।

वन तथा भू संरक्षण मन्त्रालयले सबै प्रदेशमा चिडियाखाना स्थापनाका लागि सम्भावित स्थान प्रस्ताव गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई निर्देशन दिइसकेको छ ।
सरकारले यस्तो महत्वपूर्ण लक्ष्य अगाडि बढाएको भएपनि मुलुकमा प्राणी उद्यान एवं चिडियाखाना सञ्चालन गर्ने कानुन भने अझै बन्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’