माघ २५ ,पर्सा– पर्साको लखनपुर र रामनगरी गाविसमा बाघको आक्रमणबाट चारजना प्रहरीसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुई प्रहरी र दुई स्थानीय गरि चार जनाको अवस्था गम्भिर छ । आज बिहान लखनपुरको एकडरवा गाविसस्थित गहँु बारीमा अचानक देखा परेको बाघलाई हेर्न गएका स्थानीयवासीलाइ बाघले आक्रमण गरेपछि बचाउन गएका प्रहरीहरुलाइ पनि बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट इलाका प्रहरी कार्यालय कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चक्र बहादुर शाह, प्रहरी जवान वेदबहादुर श्रेष्ठ, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरिक्षक अरुण कुमार झा र प्रहरी हवल्दार दिपेन्द्र यादव, पर्साको लखनपुर गाविस वडा नम्बर ९ का १८ वर्षिय मोतीलाल यादव, रामनगरी ७ का ४८ वर्षीय महेन्द्र सहनी ,लखनपुर ८ एकडरवा निवासी ४८ वर्षिय आसमन राउत कुर्मी , त्यही ठाँउका १८ वर्षिय तुफान कुर्मी र रामनगरी २ का ६० वर्षिय रघुवीर साह कानु् घाइते भएका हुन् ।
घाइतेमध्ये प्रहरी निरिक्षक शाह, प्रहरी सहायक निरिक्षक झा , लखनपुरका मोतीलाल र रामनगरीका रघुवीरलाइ थप उपचारका लागि नेपाली सेनाको एन.ए ०५३ हेलिकप्टरबाट काठमाण्डौ पठाएको पर्साका प्रहरी उपरिक्षक गोविन्द कुमार साहले जानकारी दिए ।
अन्य घाइतेहरुको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल र वीरगन्ज हेल्थ केयरमा उपचार भइरहेको छ ।
आक्रमण गर्ने बाघलाइ प्रहरीले गोली हानेर मारीसकेको पर्साका प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिए ।
लखनपुरको एडरवास्थित खेतमा बिहान अचानक बाघ देखिएपछि हेर्न गएका गाँउलेहरुलाइ बाघले आक्रमण गरेको र त्यहाँबाट भागेको बाघले रामनगरीमा पनि पुगेर स्थानीयवासी र प्रहरीहरुलाई आक्रमण गरि घाइते बनाएको प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले बताए ।
पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’