पत्रपत्रिकाको फ्रन्टपेजः सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका एसएसपी खत्री पक्राउ

२४ माघ, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेको समाचारलाई फ्रन्टपेजमा छापेका छन् । त्यस्तै नारायणी उपक्षेत्रीय अस्पतालबाट माघ २१ गते 11हराएको शिशु भेटिएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।Paper-Magh-18-2073

नयाँ पत्रिका दैनिकले ‘के हुन्छ स्थानीय तह पुनर्संरचना प्रतिवेदन ?’ शीर्षकमा मुख्य समाचार छापेको छ । त्यस्तै रामेछापमा मन्दिरभित्र पसेका दलितलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको समाचारलाई पनि स्थान दिएको छ ।

 

नागरिक दैनिकमा निर्वाचन आयोगले सरकारलाई  जेठ १ र १९ गते स्थानीय चुनाव गर्न प्रस्ताव गरेको समाचार महत्वका साथ प्रकाशित छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले मोर्चालाई रिझाउन कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय भएको समाचारलाई प्राथमिकता दिएको छ । काठमाडौं उपत्यकाबाट टेम्पो र माइक्रोबस हट्ने भएको समाचारले पनि महत्व पाएको छ ।12

राजधानी दैनिकले १६ दिनसम्मका लागि संसद स्थगित भएकोलाई मुख्य समाचार बनाएको छ ।

कान्तिपुर दैनिकले संविधान संशोधनपछि मात्रै चुनाव गर्न कांग्रेस र मोर्चाबीच सहमति भएको समाचारलाई प्राथमिकता दिएको छ ।

13गोरखापत्र दैनिकले हुलाकी राजमार्गमा दश नयाँ शहर बन्ने समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकमा काठमाडौं हतियार भित्रिरहेको खुलासा भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको
खबर आजको नागरिकमा छ ।

राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो ।
आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् ।

शिक्षा मन्त्रालयका उपसचिव डिल्लिश्वर प्रधानका अनुसार अंग्रेजी महिनाको सुरू अर्थात जनवरी लागेदेखि अमेरिकाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या घट्दै गएको छ ।

उपसचिव प्रधानले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर १ देखि पुस १६ गतेसम्म ६ हजार तीन सय ६६ बिद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए । यसमा असट्रेलिया जाने विद्यार्थी धेरै थिए भने दास्रो स्थानमा अमेरिका थियो ।

राट्रिपति ट्रम्पको उदयसँगै अमेरिका जाने नेपाली विद्यार्थी ह्वात्तै घटेको उनले बताए ।

त्यस अवधिमा नोअब्जेक्सन लेटर लिनेमध्ये अष्ट्रेलिया जाने ३ हजार ३ सय ८८ थिए भने अमेरिका जाने ९ सय ५९ बिद्यार्थी रहेको प्रधानले बताए ।

उनका अनुसार जनवरी १ देखि अमेरिकाको लागि नोअब्जेक्सन लेटर लिन आउने विद्यार्थीको संख्या शुन्य छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
फगुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको सचिवहरुको भनाइ छ ।

उद्दण्ड शैलीमा चन्दा मागेका छन् खोप्लाङका गाविस सचिव ऋषिराम पौडेलले भने १० हजार रुपैयाँभन्दा कम नौ हजार नौ सय ९९ रुपैयाँ दिए पनि हामी लिन्नौं । नदिए पछि हामीले जहाँ बोलाएका छौं, त्यहीँ आएर दिनुपर्छसमेत भने । तर आफूले गाउँपरिषद्मा निर्णय गरी गाविसको पैसा खर्च गर्न नमिल्ने अडान लिएको उनको भनाइ छ ।

आफूसँग रामबादुर लामिछाने भन्ने माओवादी कार्यकर्ताले धम्कीको भाषामा चन्दा मागेको धावा गाविसका सचिव हरीश ओखेडाले जानकारी दिए । शान्ती प्रक्रियामा आइसकेपनि धम्क्याएर चन्दा माग्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।

यता विप्लव माओवादीका गोरखा संयोजक योगेन्द्र कुमालले भने अधिवेशनका लागि चन्दा माग्ने निर्णय भएपनि धम्क्याएर चन्दा असुली नगरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआई नियमन रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

२४ मंसिर, काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता (एआई) उद्योग सम्बन्धी नियमन केन्द्रमै राख्नुपर्ने

जेन–जी आन्दोलनमा पक्राउ परेकामध्ये ७४ जना जेल चलान, ९२ जना हाजिरी जमानीमा रिहा

मंसिर २४, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकामध्ये ७४ जनालाई जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी