सरकारी भवनमा शौचालयको दुर्दसा, अस्पतालभित्रै कर्मचारीले चलाउँछन् स-शुल्क शौचालय

काठमाडौँ, २३ माघ । उपत्यकाका अधिकांश सरकारी अस्पतालका शौचालय फोहोर र दुर्गन्धले छिर्नै सकिँदैन। अस्पतालभित्रका शौचालय सफा नहुँदा बिरामी र कुरुवा सकस खेप्न बाध्य छन्।816451472-650x250

वीर र पाटनको मानसिक अस्पतालका शौचालय छिर्नै नसकिने अवस्थामा छन्। ढोकैसम्म दिसापिसाब छरिएको देख्न सकिन्छ। वरपर हिँडदासमेत नाक थुन्नुपर्ने अवस्था छ।

प्रसूति गृह थापाथली र टिचिङ अस्पताल महाराजगन्जका शौचालयको अवस्था पनि उस्तै छ। ती शौचालय प्रयोग गर्नुपर्ला भनेर सकेसम्म शौच नगरी बस्ने गरेको, आपतै पर्दा मात्रै प्रयोग गर्ने केही बिरामी र कुरुवा बताउँछन्।

पाटन अस्पतालमा गत एक महिनादेखि दाजुको उपचार गराउँदै आएका कुरुवा माधव भट्टले भने, ’शौचालयमा कहिल्यै पानी हुँदैन, सफा पनि गरिएको हुँदैन, छिर्नै घिन लाग्छ।’ भित्रको शौचालय प्रयोग गर्नुभन्दा पैसा तिरेर बाहिरको सार्वजनिक शौचालय प्रयोग गरेको उनले बताए।

अर्का कुरुवा ढुन्डीराज नेपालले भने, ‘आपतकालीन अवस्थामा मात्रै प्रयोग गर्छु, सकेसम्म पिसाब रोकेरै बस्ने गरेको छु, असाध्यै घिन लाग्छ।’ प्रसूति गृहमा जति फोहोर हुँदा पनि बिरामीले भित्रकै शौचालय प्रयोग गर्न बाध्य भएको बताए ।

’जहाँ गए पनि सरकारी अस्पतालमा यस्तै हो, अब त बानी परिसक्यो,’ प्रसूति गृहमा भेटिएका एक कुरुवाले भने। वीरमा भेटिएका अधिकांश कुरुवाले बाहिरको सार्वजनिक शौचालय प्रयोग गरेको बताए ।

साताको दुईपटक पतिको डायलोसिस गर्न आउने अनामनगरकी रुबी केसीले भनिन्, ‘नाकमुख थुनेर शौचालय छिर्छु, बान्तै होलाजस्तो हुन्छ ।’ यसैबीच अस्पतालभित्रको शौचालय फोहोर भएकै कारण पाटन र टिचिङ परिसरभित्रै छुट्टै सार्वजनिक शौचालय पनि सञ्चानलमा छन् ।

अधिकांश बिरामी कुरुवाले ५ रुपैयाँ तिरेर परिसरभत्रको शौचालय प्रयोग गर्ने बताए। यी शौचालयहरू अस्पतालकै कर्मचारीहरूले चलाएका छन् । नेपाल चिकित्सक संघका महासचिव डा। लोचन कार्की सरुवा रोगको प्रमुख स्रोत फोहोर शौचालय हुने बताउँछन् ।

’अस्पतालमा अनेक रोगका बिरामी आउँछन्, उनीहरूको दिसापिसाबबाट स्वस्थ व्यक्तिमा पनि रोग सर्छ,’ उनले भने, – ’अस्पतालको शौचालय फोहोर हुनुलाई सामान्य ढंगबाट लिनु हुँदैन, महामारी फैलिन सक्छ।’

मानसिक अस्पतालका सूचना अधिकृत वासुदेव कार्कीले पाटन क्षेत्रमै पानीको समस्या भएकाले शौचालयमा पानी नभएको बताए। उनले टयांकरको पानी किनेर भए पनि शौचालयमा व्यवस्था गरिने बताए।प्रसूति गृहका निर्देशक अमिरबाबु श्रेष्ठले भने शौचालय प्रयोग गर्नेहरूकै कारण फोहोर भएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट