आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः पुष्पकमल दाहालको पार्टीभित्रै आलोचना

२३ माघ, माठमाडौं । आइतबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले ठूला राजनीतिक दलहरुबीच निर्वाचनको विषयमा बढ्दो असहमतिसम्बन्धी समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् ।Paper-Magh-18-2073

नयाँ पत्रिका दैनिकले तीन प्रतिशत थ्रेसहोल्ड राख्न दलहरुबीच सहमति बन्दै गरेकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, भूकम्पमा मृत्यु भएका ३२ जनाको अझै सनाखत हुन नसकेको समाचारलाई पनि फ्रन्टपेजमा प्रकाशित छ ।

 

अन्नपूर्ण पोस्ट् दैनिकको फ्रन्टपेजमा सरकार संविधान संशोधन गर्न असफल भएको समाचारले स्थान पाएको छ । त्यस्तै हुम्लाको सदरमुकाममै औषधि थन्किएको समाचारले महत्व पाएको छ ।

33नागरिक दैनिकमा कृषि क्षेत्रमा सरकारले गरेको लगानी बालुवामा पानीजस्तै भएको समाचार प्राथमिकताकासाथ प्रकाशित छ । त्यस्तै प्रधानमन्त्रीसँग सत्तासाझेदार कांग्रेस सशंकित भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

2राजधानी दैनिकले सशस्त्र प्रहरीको माली मिसन खारेज भएको समाचार र माओवादी-कांग्रेसबीच समबन्ध चिसिएको समाचालाई महत्व दिएको छ ।

कान्तिपुर दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीभित्रै आलोचनाको सामना गर्नु परेको समाचारलाई प्राथमिकता दिएको छ ।

1गोरखापत्र दैनिकले स्थानीय निर्वाचनका लागि वातावरण बन्दै गएको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकको फ्रन्टपेजमा नेपालीलाई अमेरिका आतंक भएको समाचार र युवा कार्यक्रम भद्रगोल भएको समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद