February 4, 2017

गच्छादारलाई देशको भन्दा मन्त्रिको लोभ: दुई मन्त्री पाए सरकारमा जाने रे ।

२२ माघ, सप्तरी । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई मन्त्री र एक राज्यमन्त्री दिए आफ्नो पार्टी प्रचण्ड सरकारमा सहभागी तयार रहेको बताएका छन् । यद्यपि आफू भने सरकारमा नजाने बताए ।

‘दुई वटा दिए अहिले पनि सरकारमा जान सकिन्छ’ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘म यो सरकारमा जान्नँ । अरु साथीहरुलाई पठाउँछु ।’

यसअघि पनि सरकारमा जाने कुरा भएको तर, प्रधानमन्त्री प्रचण्डBijay-Gachhadarले तत्काल दुई मन्त्री दिन नसकिने बताएकाले नगएको उनले बताए ।

फोरम लोकतान्त्रिका अध्यक्ष गच्छदारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आफ्नो चाँडै सहमति हुने दाबी गरे । मोर्चाका नेताहरुसँग आफ्नो कुराकानी भइरहेको भन्दै उनले भने, ‘उपेन्द्रजीसहितका नेताहरुसँग मेरो कुराकानी भइरहेको छ । चाँडै सहमति बन्छ ।’

उनले विगतमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा गएर कुनै गल्ती नगरेको बताए । उनले भने, ‘मधेसी मोर्चाका नेताहरुले जे गरे, मैले पनि त्यहीं गरेको हुँ । उनीहरु पनि मत खसाल्न गए, हामी पनि मत खसाल्न गयौं । आखिर के को गल्ती गरें ?’

आफूले त्यसबेला सही कदम चालेको भन्दै उनले भने, ‘कम्तिमा संविधान संशोधन गर्नेसहित आठबुँदे सहमति गराएर प्रधानमन्त्रीलाई मत दिई सरकारमा गएको थिएँ । मोर्चाका नेताहरु त कुनै सहमति नगरी सुशील कोइरालालाई मतदान गरेका थिए ।’

अहिलेको सरकार बनाउन मधेसी मोर्चाले तीनबुँदे सहमति गरेको सदनमा गएको भन्दै उनले भने, ‘हाम्रो पार्टीले पनि सदनबाटै माग पूरा गराउने हेतुले सरकारमा सहभागी भएको थियो ।’

आफू सरकारमा रहँदा मधेसका माग पूरा नभएको स्वीकार गर्दै गच्छदारले सरकार संचालन सजिलो नरहेको प्रतिकृया दिए । ‘त्यत्तिबेला हामीले केहि गर्न सकेनौं ठीक छ, तर बर्तमान सरकारको गठबन्धनले गरेको तीन बुँदे सहमतिमा एक महिनाभित्र सबै मुद्दा फिर्ता लिने सहमति गरेकोमा ६ महिना हुँदासम्म किन फिर्ता भएन् ? यसर्थ सरकार संचालन सजिलो छैन ।’

देश टुक्र्याउने खेल स्वीकार्य छैन

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले देश टुक्र्याउने खेल आफू र आफ्नो पार्टीलाई मान्य हुन नसक्ने बताए । ‘मधेसलाई अलग बनाउनेमा सहमत छैनौं र हुन पनि दिन्नौं’ सिके राउत पक्राउबारे सञ्चारकर्मीले सोधेको जिज्ञासामा गच्छदारले भने, ‘नेपाललाई टुक्र्याउने खेलमा लाग्ने जोसुकैलाई कारबाही हुनुपर्छ ।’

‘देशलाई तोडछु भन्ने कुरा हाम्रो संविधानमा छ ?, छैन भने त्यस्तो बोल्नेलाई कारबाही गर्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज