सन् २०२५ सम्म विश्वभरि एक करोड ९३ लाख क्यान्सरका बिरामी हुनसक्ने एक तथ्याङ्कले देखाएको छ। उक्त बिरामीको सङ्ख्यामध्ये प्रत्येक वर्ष ५६ प्रतिशतका दरले मृत्यु हुनेसमेत विभिन्न अध्ययन अनुसन्धानबाट देखिएका छन्। विश्वभरिबाट वार्षिक ८२ लाख क्यान्सर बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ।
नेपालमा मात्र हरेक वर्ष १५ हजार मानिस क्यान्सरका कारण अकालमा मृत्यु हुनुपरेको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका प्रमुख एवम् क्यान्सर विशेषज्ञ डा. सुदीप श्रेष्ठले बताए। उनका अनुसार हाल ५० हजारको सङ्ख्यामा क्यान्सरका रोगी रहेका छन्।
विकसित देशमा भन्दा विकासोन्मुख मुलुकमा क्यान्सरका बिरामी बढ्दो क्रममा छन्, डा. श्रेष्ठले भने – ’खासगरी गरिबीले ग्रस्त भएका देशमा यो रोगको प्रभाव बढी देखिने गरेको छ।’
सूर्तिजन्य वस्तुको सेवनले क्यान्सरका बिरामी दिनानुदिन बढ्दै गएको उनले बताए। यसबाहेक पोलेको मासु खानाले पनि क्यान्सर लाग्ने गरेको बताइएको छ।
शारीरिक व्यायामको कमी, अधिक मात्रामा मासु तथा नुन खानु, बासी खानाको प्रयोग, वंशाणुगत, सूर्यको किरणबाट समेत क्यान्सर हुने गरेको डा. श्रेष्ठको भनाइ छ। नाक, कान, घाँटी, फोक्सो, आमाशय, ठूलो आन्द्रा, महिलाको स्तन तथा पाठेघरमा बढी क्यान्सर हुने गरेको जनाएको छ।
क्यान्सर बिरामीको उपचार महङ्गो हुने भएकाले यसलाई सरल र सहज बनाउन व्यक्तिको बिमा भए सकारात्मक हुने उनले बताए। क्यान्सर उपचारका लागि केमोथेरापी, रेडियोथेरापी तथा विभिन्न औषधिको प्रयोग गरिने गरेको भक्तपुर क्यान्सर अस्पतालका प्रमुख लोकेन्द्रकुमार श्रेष्ठले बताए।
‘अस्पतालले क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिँदै आएको छ,’ उनले भने – ‘महिलाभन्दा पुरुषमा क्यान्सर बढी देखिएको छ।’ दैनिक रुपमा सेवन गर्ने खानपानमा उचित ध्यान दिनसके क्यान्सर बिरामीको सङ्ख्या न्यून हुनसक्ने डा. श्रेष्ठको भनाइ छ।
‘रासायनिक समिश्रणलाई तयार पारेर बनाइएको औषधिलाई बिरामीको मुख तथा नसामार्फत क्यान्सरको कोषिका नष्ट गर्ने वा रोगबाट उत्पन्न पीडालाई कम गर्ने उपचार प्रविधि नै केमोथेरापी हो–’ उनले भने। रेडियसन अनकोलोजीअन्तर्गत टेलिथेरापी, ब्राची थेरापी र सिमुल्याटर उपचार प्रविधि रहेको पनि डा. श्रेष्ठले बताए।
क्यान्सर रोगी न्यून गराउन गाउँ–गाउँमा जनचेतना फैलाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले भने( बिरामीको उपचार सुलभ बनाउन राज्यको तर्फबाट आवश्यक सहयोग भइरहेको छ।
क्यान्सर दिवसमा मात्र सीमित नभएर यो रोगविरुद्ध अन्य समयमा पनि सर्वसाधारणमा जनचेतना फैलाउन सके सकारात्मक सन्देश जाने उनले बताए। क्यान्सरविरुद्ध तयार पारिएको ’हामीले गर्न सक्छौं, मैले गर्न सक्छु’ भन्ने नाराका साथ क्यान्सर दिवस मनाउँदै गर्दा यसले कति सार्थक रुप लिन सकिएला त्यो भने हेर्न बाँकी नै छ।
अङ्ग्रेजी वर्षको फेब्रुरअरी महिनाको ४ तारिखका दिन विश्व क्यान्सर दिवस मनाइँदै आएको छ। यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्