२२ माघ, काठमाडौं । वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पताल परिसरबाटै नवजात एक शिशुको चोरी भएको छ ।
वीरगन्ज उपमहानगरपालि छपकैया-१ निवासी आशादेवी पासवानको जन्मिएको शिशु हराएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (डीएसपी) चक्रराज जोशीका अनुसा आशादेवी आफ्नी सासुसहित विहान अस्पताल पुगेकी थिइन् । शिशु जन्मेको केही समय पश्चात्त नजिकै रहेकी एक महिलालाई केही समयको लागि शिशु जिम्मा लगाई उनी सामान किन्न बाहिर गएकी थिइन् ।
सामान किनेर फर्किदा शिशु र महिला दुवै भेटिएन । अस्पतालको बेडबाटै बच्चा चोरी भएपछि अभिभावक र गाँउलेहरुले प्रदर्शन गरेका छन् र अस्पतालका नर्स र डाक्टरहरुको मिलोमतोमै बच्चा चोरी भएको आरोप लगाएका छन् ।
तर अस्पताल प्रशासनको भने शिशु हराउनुमा अभिभावकको लापरबाही भएको बताएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरिले पनि केही हदसम्म परिवारबाटै लापरवाही भएको बताएको छ ।
अस्पताल परिषरमा ७ वटा सिसी क्यामेरा जडान गरिएको भएपनि सबै बिग्रिएको छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज