पृथ्वी हाम्रो घर हो । यही पृथ्वीसँग जोडिएका कयौं यस्ता तथ्यहरु छन्, जसबारे तपाईंलाई अहिलेसम्म थाहा नहुन पनि सक्छ । आउनुहोस्, यहाँ पृथ्वीबारे जोडिएका तिनै ३० तथ्यहरुबारे जानकारी हासिल गरौं–
पृथ्वीमा सुन कति छ ?
पृथ्वीमा यति धेरै सुन छ, जसले पृथ्वीको सतहलाई १.५ फिटको गहिराईसम्म ढाक्न सकिन्छ ।
१९ किलोमिटरको ऊचाईमा प्रेसराइज्ड सुट लगाउन जरुरी हुन्छ, नत्र ज्यानै जान सक्छ ।
पृथ्वीमा एकपटक सबैभन्दा विशाल उल्कापिण्ड खसेको थियो । त्यसको नाम होबा मिटीओराइट राखिएको थियो ।
पृथ्वीमा १ सेकेन्डमा १०० पटक र हरेक दिन ८०.६ लाख पटक आकाशीय विद्युत झर्दछ ।
अन्तरिक्षको फोहोरबारे थाहा छ ?
अन्तरिक्षमा जम्मा भएको फोहोरको एउटा टुक्रा हरेक दिन पृथ्वीमा झर्दछ । यस्तो अनुमान नासाका वैज्ञानिकहरुले लगाएका हुन् ।
पृथ्वीमा तापको स्रोत केवल सूर्य मात्र होइन, बरु पृथ्वीको भित्र तरल बनेको पदार्थ रहेको हुन्छ, जसले पृथ्वीको ताप निरन्तररुपमा स्थिर बनाउँछ । एउटा अनुमानका अनुसार, पृथ्वी भित्रको उक्त भागको तापक्रम ५ हजारदेखि ७ हजार डिग्री सेल्सियससम्म हुन्छ, जुन सूर्यको सतहको तापक्रम बराबर हुन्छ ।
के तपाईंलाई थाहा छ, पृथ्वीका सबै महाद्वीपहरु आजभन्दा ६.५ करोड वर्ष पहिला एकअर्कासँग जोडिएका थिए । वैज्ञानिकहरुका अनुसार पृथ्वीमा कुनै उल्का पिण्ड खसेपछि फुटेको ज्वालामुखी र शक्तिशाली भूकम्पको कारण यो महाद्वीप एकआपसमा छुट्टिन थाले, यसपछि नै पृथ्वीबाट डायनोसारको अन्त्य भएको हो ।
पृथ्वीमा हरेक दिन ४ हजार पाँच सय बालद गर्जन्छ ।
छिमेकी राष्ट्र चीनको प्रदुषणबारे थाहा पाउँदा तपाईं अचम्भित हुनुहुनेछ–
पृथ्वीको ४० प्रतिशत भागमा संसारका केवल ६ देश रहेका छन् । पृथ्वीका सारा मानिसहरु १ वर्ग किलोमिटरको क्युव (घन)मा अट्न सक्छन् । यदि एक वर्गमिटरमा एकजना व्यक्ति उभिन सक्छ भन्ने मान्ने हो भने एक वर्ग किलोमिटरमा दस लाख मानिस उभिन सक्छन् ।
चीनको वायु प्रदुषण यति धेरै छ कि अन्तरिक्षबाट हेर्दा चीनकै ग्रेटवाल पनि देख्न सकिँदैन ।
पृथ्वी ढिलो घुमेकोले २०१५ एक सेकेन्ड लम्बिएको थियो ।
यदि मानिसलाई कुनै सुरक्षाबिना अन्तरिक्षमा छाडिदियो भने ऊ केवल दुई मिनेसम्म बाँच्न सक्छ ।
गहिरो मानवनिर्मित खाडल
मानिसले नै खनेको संसारकै सबैभन्दा गहिरो खाडल १९८९ मा रुसमा खनिएको थियो जसको गहिराई १२.२६२ किलोमिटर रहेको थियो ।
हरेक दिन पृथ्वीमा दुई लाख मानिस जन्मिन्छन् । एक सेकेन्डमा दुई जना मानिसको मृत्यू हुन्छ ।
मानिसद्वारा बनाइएको सबैभन्दा पुरानो धार्मिक स्थल गोबेकली टेप टर्कीमा रहेको छ । यसको निर्माण दश हजार वर्ष इसापूर्व गरिएको थियो ।
अन्तरिक्ष
१५० अरब डलर अर्थात् करिब १६ हजार अरब रुपैयाँ खर्चिएर इन्टरनेशलन स्पेश स्टेशन बनाइएको छ । यो सबैभन्दा महंग्यो प्रोजेक्ट हो, जसमा सबैभन्दा धेरै धनराशि खर्चिएको छ ।
७ अरब माइलको दूरीबाट लिइएको पृथ्वीको फोटोको नाम ‘पेल ब्ल्यू डट’ हो । यो अहिलेसम्मकै सबैभन्दा टाढाबाट लिइएको पृथ्वीको तस्बिर हो ।
१०६ अरब मानिस पृथ्वीमा छन् । आउँदो २०५० सालमा ९.२ अरब मानिस थपिनेछन् ।
शार्क
हरेकवर्ष १० देखि १२ दुर्घटनाको कारण शार्क माछा बन्ने गरेको छ । हरेक वर्ष एक सय मिलियन शार्क मारिन्छन् ।
पृथ्वीमा ९९ प्रतिशत जीवित प्राणी महासागरमा बस्छन् । २००० जलचरहरुको बारेमा हरेक वर्ष जानकारी हासिल गरिन्छ ।
यदि पृथ्वीको सबै पानीलाई एकठाउँमा जम्मा गर्ने हो भने, यो ८६० घन किलोमिटरको आकारको बल बन्दछ । यो शनिको बर्फिलो गोलाकारभन्दा ठूलो आकारको हुनेछ ।
वायु प्रदुषण
संसारमा ४० प्रतिशत मृत्यू पानी, हावा र माटोको प्रदुषणको कारण हुन्छ । केवल वायु प्रदुषणले मात्र हरेक वर्ष ७० लाख मानिसको मृत्यू हुन्छ ।
संसारमा हरेक दिन १ अरब मानिसले पिउनयोग्य पानी पाउँदैनन्, जबकि २ अरब मानिस सफा पानीको आशामा बाँचिरहेका हुन्छ । २०५० सम्म करिब ९ अरब मानिस पानी बिना अथवा कम पानीमै जीवन गुजारा गरिरहेका हुनेछन् । २०१५ सम्म छिमेकी राष्ट्र भारतको करिब ६० प्रतिशत जमिनमा पानी सुक्नेछ ।
समुद्रको एक लिटर पानीमा १३औं बिलियन भागमा एक ग्राम सुन भेटिन्छ ।
पृथ्वीमा पानी
पृथ्वीको ९७ प्रतिशत पानी नुनिलो हुन्छ र खानयोग्य वा मिठो पानी केवल ३ प्रतिशत मात्र हुन्छ । विश्वको ९० प्रतिशत फोहोर समुद्रमै पुगेको हुन्छ ।सौर्य मण्डलमा पृथ्वी मात्रै एउटा यस्तो ठाउँ हो, जहाँ पानी ठोस, तरल र ग्याँस तीनवटै अवस्थामा पाइन्छ ।
आज पनि संसारको ७४.८ करोड जनसंख्यालाई पिउनको लागि सफा पानी भाग्यमा लेखेको छैन । लगातार प्रयोग हुने शौचालयमा दैनिक २०० ग्यालिन पानीको खेर जान्छ । चुहावटको कारण दैनिक ३.६ करोड ग्यालिन पानी खेर जान्छ ।
पर्वतको उचाई
पृथ्वीको गुरुत्वाकर्षणको कारण कुनै पनि पहाड १५ हजार मिटरभन्दा अग्लो हुन सम्भव हुँदैन ।
पृथ्वीमा रहेका हरेक प्राणीलाई कार्बनको जरुरत हुन्छ ।
आजभन्दा ४ सय ५० करोड वर्ष पहिला, सूर्य मण्डलमा मंगलको आकारको एउटा ग्रह थियो, जसले पृथ्वीसँगै एउटै बाटोमा सूर्यको परिक्रमा गर्दथ्यो । उक्त ग्रह कुनै कारण पृथ्वीसँग ठक्कर खान पुग्यो र यसले पृथ्वीलाई एकातिर मोड्यो भने अर्कोतिर त्यही ठक्करको परिणामस्वरुप पृथ्वी टुक्रिएर चन्द्रमा बन्यो ।
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र
फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित
काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली