ताप्लेजुङ– ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अलैंचीसँग बिजुली साट्न सुदुरपूर्वका जनतासँग प्रस्ताव गरेका छन् । ताप्लेजुङमा पार्टी कार्यकर्ताहरुसँगको भेटघाटमा मन्त्री शर्माले अलैंचीबाट प्राप्त आम्दानीबाट जलविद्युतमा शेयर लगानी गर्न आग्रह गरेका हुन् ।
‘तपाईहरुसँग मेरो एउटा प्रस्ताव छ, अलैंचीसँग बिजुली साटौं, तपाईको जीवनस्तरमा नसोचेको सुधार आउनेछ ।’ मन्त्री शर्माले भने, ‘यस क्षेत्रमा उत्पादन हुने अलैंचीले तपाईलाई जलविद्युतको मालिक बनाउनेछ ।’
नेपालमा रहेको अपार जलभण्डारको उपयोगमा जनतालाई प्रत्येक्ष सहभागी गराउने कार्यक्रम ऊर्जा मन्त्रालयले अघि सारेको भन्दै मन्त्री शर्माले नेपालमा ८५ हजार मेगावाट विद्युत उत्पादनको संभाव्यता पहिचान भइसकेको अवस्थामा यसैलाई पकडेर मात्र सर्वसाधारण जनतालाई धनी बनाउन सकिने र देशलाई समृद्ध पार्न सकिने बताए । देशलाई विद्युतीकरणको उत्कर्षमा पुर्याएर विकास गर्न सके मात्र राष्ट्रिय स्वाभिमान जोगाउन सकिने तर्क गर्दै मन्त्री शर्माले समृद्धि विनाको स्वाभिमानको नारा हवाई कल्पना मात्र भएको टिप्पणी गरे ।
फरक प्रशंगमा मन्त्री शर्माले नयाँ संविधानले समाजवादको बाटोमा अघि बढ्न स्पष्ट मार्गदर्शन गरेको भन्दै आफुले सोही अनुसार काम गरेको दावी पनि गरे ।
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि