साझा बसमा ट्राभल कार्ड, ढोकाको मेसिनले नै भाडा उठाउने !

२१ माघ, काठमाडौं । साझा यातायातले केही दिनभित्रै आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गर्ने भएको छ । लामो समयको परीक्षण पछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गर्न लागेको हो ।

यसका लागि ति सबै बसमा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडानको काम सकिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।sajha-new-bus-11-1-768x474

‘अबको केही दिनभित्रै सर्वसाधारणले यो रुटमा चढ्दा स्मार्ट कार्डबाटै भाडा तिर्न सक्नेछन्’ पाण्डेले भने । बसका ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ । अब सो रुटमा नियमित यात्रा गर्ने सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् । यसको प्रयोग स्वेच्छिक हुनेछ ।

सुरुवातमा एउटा रुटबाट सुरु गरिएपवनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गरिनेछ । बस चढ्दा यो कार्ड ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई देखाउनुपर्नेछ ।

यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ ।

के हो ट्राभल कार्ड ?

sajha-travel-cardस्मार्ट ट्राभल कार्ड गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । यो कार्ड एक महिनापछि साझा यातायातले आˆनै कार्यलयबाट बिक्री सुरु गर्नेछ ।

यो कार्ड लिएर हिडेका यात्रु चढेको र झरेको दुरीका आधारमा ढोकामा जोडिएको डिभाइसले स्मार्टकार्डबाट रकम काट्नेछ ।

यसको रिचार्जका लागि साझाको कार्यालयमै सम्पर्क गर्न सकिने छ । बसका सहचालकलाई रकम बुझाएर पनि कार्ड रिचार्ज गर्न सकिन्छ । पछि रिचार्जका लागि अझै सरल ब्यवस्था गरिनेछ ।

काटिएको रकम नेपाल बैंकको साझा यातायातको बैंक खातामा जम्मा हुनेछ । केही समयपछि उपभोक्ताले साझाका रिचार्ज कार्ड मोबाइलको जस्तैगरी बजारमा किन्न पाउनेछन् । यसले यात्रुलाई दुरीका आधारमा भाडा तिर्न सहज हुने पाण्डेयले जानकारी दिए ।

थप १० डिलक्स बस किनिँदै

यसैबीच साझा याताको साधाराणसभाले थप १० वटा नयाँ डिलक्स बस किन्ने निर्णय गरेको छ । लामो दूरीमा सञ्चालन गर्ने गरी डिलक्स बस किन्न अब टेण्डर प्रक्रियामा जाने निर्णय भएको छ ।

यसैगरी साझाले काठमाडौं महानगरपालिकाले यो वर्ष सेयरस्वरुप उपलब्ध गराएको ५ करोडको बस पनि किन्ने तयारी गरेको छ ।महानगरले सम्झौता गरेर रकम भुक्तानी गर्नासाथ टेण्डर गरिने पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद