२१ माघ काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्रालयले पाइपहरु मर्मतका लागि ३१ करोड नपाए एक हप्तामा काठमाडौंमा खानेपानीको हाहाकार हुने चेतावनी दिएको छ ।
मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायका अनुसार सडक विस्तारका क्रममा टुटेफुटेको पाइपमर्मत गर्न ३१ करोड रकम आवश्यक पर्ने देखिएको छ ।
सरकारलेे यो रकम तुरुन्तै उपलब्ध गराएमात्रै तत्काल पाइप मर्मत गरी पानी पठाउन सकिने उपाध्याय बताउँछन् । शुक्रबार विकास समितिको बैठकमा सचिव उपाध्यायले भने, ‘काठमाडौंमा रहेका सडकको मुनी रहेका ५५ प्रतिशत पाइपहरु अहिले टुटफुट तथा बिग्रेका छन् । तिनलाई मर्मत गर्नपर्ने छ, ३१ करोड रकम आवश्यक छ तर, रकम उपलब्ध छैन ।’
सडक विभाग, काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका विकास प्राधिकरण लगायतका निकायले सडक विस्तारका क्रममा धेरै ठाउँमा पाइप काटेको उनले जानकारी दिए। ‘मर्मत गर्न एक साताभित्र सरकारले ३१ करोड नदिने हो भने काठमाडौंमा खानेपानीको हाहाकार मच्चिनेवाला छ’ उपाध्यायले भने ।
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी