पुर्वमा ठूलो राजनैतिक धु्रविकरण: बाबुरामले क-कसलाई भित्र्याए? (सूचिसहित)

काठमाडौं, २० माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार मोरङ पुगेका विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ शक्तिमा प्रवेश गराए । नयाँ शक्तिको प्रदेश नं. एकको जिम्मेवारी अहिले सामाजिक लोकतान्त्रिक पार्टीबाट नयाँ शक्तिमा आएका पासाङ शेर्पाले सम्हालिरहेका छन् ।Dr-Baburam-Bhattarai

मोरङ जिल्ला परिषदले बुधबार विराटनगरमा आयोजना गरेको ध्रुवीकरण सभामा उनले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गरे । नयाँ शक्ति पार्टीमा प्रवेश गर्नेमा राप्रपादेखि सत्तारुढ माओवादीसम्मका नेता कार्यकर्ता रहेका छन् ।
ध्रुवीकरण सभामा बोल्दै उनले मुलुकसामु एकल जातीय अहंकारवाद र सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै गएको धारणा राखे । उनले ओलीप्रति लक्षित गर्दै ‘एकापट्टी उखान टुक्के नेताले अघि सारेको एकल जातीय अहंकारवादी छ भने अर्कोतिर सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै जाँदा यो देशलाई विभिन्न बहानामा टुक्राउने कुरा गरेका छन् । दुई खाले अतिवादको प्रतिवाद गर्नु पर्ने समय आएको छ’ भनेर मन्तव्य दिए ।

उनले महेन्द्रकालीन राष्ट्रवादको प्रेतात्मा ओलीको नेतृत्वमा ब्युँझन आँटेको भन्दै उक्त ध्रुवको विरुद्ध जबरजस्त प्रतिध्रुवको स्थापना र नेतृत्व नयाँ शक्तिले गर्नुपर्ने बताउँदै आएका छन् ।
नयाँ शक्तिको एक नम्बर प्रदेश संयोजक शेर्पाका अनुसार बुधबारको ध्रुवीकरण सभामा ५१७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन् । ५ सय १७ मध्ये यी ११ जनाको नाम प्राथमिकता दिएर शेर्पाले आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

हेर्नुहोस् सूचि-

१) रा.प्र.पा.काे केन्द्रीय सदस्य जगत थापा र नेताहरु विरबहादुर, विराट थापा (माेरङ) लगायतकाे टाेली ।
२) नेपाली काँग्रेसका नेता, सुर्यनारायण ताजपुरीया (झापा) लगायतकाे टाेली ।
३) फाेरम गणतान्त्रिककाे केन्द्रीय सदस्य, भक्कुलाल बिश्वास (माेरङ) सहितकाे टाेली ।
४) नेपाल परिवार दलका केन्द्रीय सदस्य, राधिका पन्थी (माेरङ) लगायतकाे टाेली ।
६) राष्ट्रिय जनमुक्ति पार्टीकाे केन्द्रीय सदस्य अजय अग्रवाल (माेरङ) लगायतकाे टाेली ।
७) नेपाल अादिवासी जनजाती महासंघकाे पूर्व जिल्ला अध्यक्ष देवराज चाैधरी (माेरङ) लगायतकाे टाेली ।
८) महिला अधिकारकर्मी तथा लेखिका मधु राई ।
९) राष्ट्रिय क्रिकेट खेलाडी भरत कार्की लगायतकाे टाेली ।
१०) संघीय समाजवादी क्षेत्र नं. ६ काे प्रत्यक्ष उम्मेद्वार बलराम ऋषिदेव (माेरङ) र समानुपातिक उम्मेद्वार शँकर चाैधरी लगायतकाे टाेली
११) राष्ट्रिय अादिवासी महिला महासँघकाे जिल्ला अध्यक्ष कल्पना मगर (माेरङ) लगायतकाे टाेली सहित विभिन्न पृष्ठभुमीका ५१७ जना नयाँ अभियन्ताहरु

ध्रुवीकरण सभाको अर्को आकर्षण
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई प्रमुख अतिथि रहेको उक्त सभामा शुभकामना दिन पुगेका थिए पूर्वमन्त्री देवी ओझा । उनले अबको राजनीतिक विकल्प नयाँ शक्ति नै हुन्छ भन्दै शुभकामना दिए ।
त्यसैगरी विशेष अतिथी वक्ता थरुहट तराई पार्टी लाेकतान्त्रिककाे उपाध्यक्षले अब केही दिनमा नै थरुहट तराई पार्टी लाेकतान्त्रिक र नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज