प्रधानमन्त्रीले उचाले वाईसीएललाई: ओली आतंकित

काठमाडौं, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको प्रतिकार गर्न वाईसीएललाई उक्साएको आरोप लगाएका छन् ।kp-oli1

बुधबार पार्टीको आगामी फागुन २१ देखि हुने मेची महाकाली राष्ट्रिय अभियानको सन्दर्भमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमालेलाई चिमोटे देशलाई दुख्ने भन्दै एमाले सधै राष्ट्रियताको पक्षमा रहेको जिकिर समेत गरे । ।

गत सोमबार राजधानीमा वाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई दिएपछि ओलीले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

एक फरक प्रसंगमा ओलीले पञ्चशिलताका आधारमा भारत र चीन दुवै देशसँग आफ्नो पार्टीले सम्बन्ध स्थापति गर्न चाहेको बताए ।

२१ देखि पूर्वको काँकडभित्ताबाट सुरु हुने अभियान महेन्द्रनगरमा चैत २ मा पुग्ने छ भने चैत ५ मा सुर्खेत पुगेर समापन गरिने एमालेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डले बोलाए पूर्वप्रधानमन्त्रीसहितको बैठक

  जेष्ठ १४, काठमाडौं । प्रधानमन्त्री  प्रचण्डले भारत भ्रमणबारे राजनीतिक परामर्श गर्दैछन् । सिंहदरबारमा आइतबार

नक्कली भुटानी शरणार्थीप्रकरणका अभियुक्तलाई आजदेखी अदालतले बयान लिने

जेठ १२, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तलाई  आजदेखि अदालतले बयान लिदै  छ ।

निडर भई मजदुर आन्दोलन लाग्न आव्हान–जिफन्ट

११ जेठ, कालिकोट कालिकोटका औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुले स्थानीय सरकार तहबाटै श्रमिक सूचीकरण गरी

आज भोटो देखाउने जात्रा: उपत्यकामा सार्वजनिक विदा

फाइल फोटो   जेष्ठ ११, काठमाडौं- वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाईंदैछ

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सत्तास्वार्थका लागि गरिएको लज्जास्पद नाटक:शंकर  पोखरेल

जेठ १०,काठमाडौं । नेकपा एमाले महासचिव शंखर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान

सीमान्तकृतको अधिकारका लागि सरकार दृढ छ: प्रचण्ड

 जेष्ठ १० ,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पसङ्ख्यक सीमान्तकृत समुदायको पहिचान र अधिकारका लागि