१९ माघ, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुमा स्थानीय तह निर्वाचनसम्बन्धी समाचारले फ्रन्टपेजमा स्थान पाएका छन् ।

नयाँ पत्रिका दैनिकले एक सिट मात्रै भएका साना दल सधैं सरकारमा पुग्ने गरेको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै, बजेटमै नभएका कार्यक्रमका लागि मन्त्रालयहरुले २ खर्ब १५ अर्ब रुपैयाँ माग गरेको समाचारलाई महत्व दिएर फ्रन्टपेजमा छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले साउदीको जेलमा सात वर्ष बसेर नेपाल फर्किएका नेपालीहरुको कथालाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै सरकारले अन्तर्राष्ट्रिय समुदायलाई छिटै चुनाव हुने बताएको समाचारलाई प्राथमिकता दिएको छ ।
नागरिक दैनिकले ‘चुनाव रोक्न बाहृय दबाव’ शीर्षकको समाचारलाई महत्व दिएको छ । त्यस्तै असाबधानीले आगलागीको घटना बढेको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।
कान्तिपुर दैनिकले ऋणमा ब्याज चर्को भएको समाचार र निर्वाचनसम्बन्धी थप विधेयकमा सहमति जुटेको समाचारलाई महत्व दिएको छ ।
राजधानी दैनिकले सरकारको ६ महिना अवधिलाई समीक्षा गरेको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ ।
गोरखापत्र दैनिकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘आगामी निर्वाचन अग्रगामी र प्रतिगामीबीचको भिडन्त’ भएको बताएको समाचार फ्रन्टपेजमा छापिएको छ ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद