January 25, 2017

गगन गनाउदै छन् : कति धेरै गन्ध ?

काठमाडौं, १२ माघ । श्रीमतीले गुन तिर्न खोज्दा श्रीमान् बदनाम । यस्तै हालत भएको छ, मन्त्री गगन थापाको । पारिवारिक र स्वकीय सचिवालयमा रहेका विवादास्पद व्यक्तिका कारण गगनको नाम एकपछि अर्को प्रकरणमा बद्नाम हुँदैन ।Gagan_Thapa

हालै मात्र स्वास्थ्य सेवा विभागको महानिर्देशकमा कांग्रेसनिकट मानिने डा. भीम आचार्यको नाममा टिपेक्स लगाएर स्त्रीकाण्डमा मुछिएका डा. राजेन्द्र पन्तलाई नियुक्ति दिलाएसँगै कांग्रेस नै गगनसँग रुष्ट बन्न पुगेका छन् ।

खासमा, पन्तलाई त्यहाँको महानिर्देशक बनाउन गगनभन्दा बढी पत्नी अञ्जना र ठाइँला ससुरा केदारनरसिंह सक्रिय थिए । यसरी राजेन्द्रलाई महानिर्देशक नै बनाउनुपर्ने बाध्यता गगनपत्नीलाई के परेको रहेछ भने, तीन वर्षअगाडि राजेन्द्र स्वास्थ्य मन्त्रालयमातहत बालस्वास्थ्य विभागको प्रमुख थिए ।

सोही समय हो, उनले गगनपत्नीलाई सेभ दी चिल्ड्रेनको प्रोग्राम कोअर्डिनेटर बनाइदिएको । यो युनिसेफ मातहत रही सञ्चालित आकर्षक प्रोजेक्ट हो । सेभ दी चिल्ड्रेन बालस्वास्थ्य महाशाखा मातहत रहेको सबैभन्दा बढी पैसा खेलाउन पाइने आइएनजिओसमेत हो ।

यो संस्थाको को–अर्डिनेटर बनाइएकी अञ्जनालाई यसको गुन तिर्नु थियो, राजेन्द्रलाई । तीन वर्ष अगाडिको यसको हिसाब–किताब चुक्ता गर्नुथियो, गगनपत्नीलाई । त्यसको सबैभन्दा उत्ताम मौका पनि यही थियो ।

हो, सोही बदलामा उनको र गगनका ससुरा केदारनरसिंहको दबाबमा राजेन्द्रलाई गगनले स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएका हुन् । पन्त तिनै व्यक्ति हुन्, जो खगराज अधिकारी मन्त्री हुँदा यिनको खेलो फड्कोबारे चाल पाएसँगै खगराजले उनलाई सुर्खेतमा सरुवा गराइदिएका थिए ।

राजजनम चौधरी मन्त्रीका रुपमा आएसँगै उनी आकर्षक र सबैभन्दा बढी पैसा खेलाउन पाइने बालस्वास्थ्य महाशाखामा सरुवा भएर प्रमुख बन्न आइपुगे । उनी त्यहीँ हुँदा हो बालस्वास्थ्य महाशाखाअन्तर्गत सेभ दी चिल्ड्रेनमा अञ्जनालाई जागिर खुवाइएको । यस्तो काम फत्ते गरेर गगन हालै मात्र जेनेभातिर उडेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट