January 24, 2017

नेपाली युवाहरुले समृद्धिको नेतृत्व गर्ने महत्वपूर्ण अवसर पाएका छन्- डा. भट्टराई

धादिङ, ११ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो राजनीतिक पृष्ठभूमि युवावस्थामै बनेको हुनाले सहि र असल राजनीतिका लागि युवाहरु राजनीतिक रुपले सचेत र सक्रिय हुनुपर्ने बताएका छन् । मंगलबार नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानको प्रथम अधिवेशन उद्घाटन गर्न धादिङ पुगेका संयोजक भट्टराईले अधिवेशनमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।Baburam-Bhattarai-in-Dhading

‘नेपालको समृद्धिको लागि योगदान गर्न अहिलेको युवापुस्ताले ऐतिहासिक अवसर पाएको छ’, उनले भने, ‘सबैले आआफ्नो क्षमता अनुसार योगदानमा अग्रसर हुनु नै अहिलेको युवापुस्ताको कार्यभार पनि हो ।’

संयोजक भट्टराईले समय, परिस्थिति र ठाउँ अनुसार व्यक्तिको भूमिका फरकफरक हुने भएकोले अब पृथ्वीनारायण शाहदेखि विपी कोइराला र जनयुद्धको बेलासम्म खेलिएको भूमिकाले होइन, अब युवाहरुले समृद्धिका लागि उत्पादन र विकासमा केन्द्रीत भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

‘हिजो जेल जाने, सडक आन्दोलन गर्ने, टायर बाल्ने, बन्द हड्ताल गर्ने काममा युवापुस्ताले योगदान गर्यो, हो त्यो राजनीतिक संघर्षको चरण थियो’ उनले भने, ‘अब हामी आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेकोले अब रचनात्मक भएर उत्पादनमूलक काममा युवाशक्ति अघि बढ्नुर्छ ।’

उनले विश्वका प्रख्यात वैज्ञानिक, राजनीतिज्ञ एवं दार्शनिकहरुले युवाअवस्थामै महत्वपूर्ण योगदान दिएको प्रसंगलाई उधृत गर्दै युवाहरुमा संसार बदल्न सक्ने क्षमता हुने भएकोले सबैको आआफ्नो दक्षता र क्षमताको प्रयोग गरेर नेपाललाई आर्थिक विकास र समृद्धिको चरणतिर लैजानुपर्ने आवश्यकता रहेको बताए ।

भूगोल निर्माण र राजनीतिक अधिकार प्राप्तिको चरण सकिएकोले अब आर्थिक विकास र समृद्धिको चरणमा युवाहरुले रचनात्मक भएर आफ्नो विशिष्टिकृत क्षमता अनुसारको भूमिका निर्वाह गर्दै मुलुकलाई समृद्धितर्फ अग्रसर गराउनुपर्ने उनको भनाइ थियो ।

‘अब समयले माग गरे अनुसारको भूमिका निर्वाह गर्नुपर्छ, आज कसरी रोजगारी सिर्जना हुन्छ, कसरी विकास र सृमद्धि हासिल गर्न सकिन्छ ? युवा शक्तिले त्यो सोच्नुपर्ने बेला भएको छ’ उनले भने, ‘आजको एजेण्डा विकास र समृद्धि नै हो । आर्थिक क्रान्ति नै हो । यसमा अरु आवश्यकताहरु जोडिएका हुन्छन् । यसर्थ यसैलाई केन्द्रमा राखेर यसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा नयाँ शक्तिका केन्द्रीय कार्यकारी सदस्यहरु डम्बर खतिवडा, डा राजेन्द्र केसी, कल्पना धमला, डा. योगी विकासानन्द, युवा अभियानका प्रवक्ता टेकेन्द्र जोशी, अशोक बस्नेत, राम ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनले टिकाराम तामाङको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । उपाध्यक्षमा सन्तवीर तामाङ र अनिल अधिकारी रहेका छन् भने सचिवमा सुरेश तामाङ, सहसचिवमा विरेन्द्र कोइराला, रामहरी सुनुवार, मन्जुमाया चेपाङ र मात्रिका कोइराला चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको प्रथम महाधिवेशन आजदेखि भरतपुरमा, विद्युतीय मतदानमार्फत नयाँ नेतृत्व चयन हुँदै

भरतपुर, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ