January 24, 2017

बिकास र सम्वृद्धिको लागि काभ्रेमा उर्लीयो नयाँ शक्ती, मौषमी राष्ट्रबाद फलाग्नेहरु नाजीवाद र ट्रम्पवादी हुन् ःडा.भट्टराई

बिकास र सम्वृद्धिको लागि काभ्रेमा उर्लीयो नयाँ शक्ती, मौषमी राष्ट्रबाद फलाग्नेहरु नाजीवाद र ट्रम्पवादी हुन् ःडा.भट्टराई


१० माघ, बनेपा, राष्ट्रिय युबा अभियान काभ्रेको प्रथम जिल्ला सम्मेलनमा सम्बोधन गर्दै नयां शक्ति पार्टी, नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको इतिहासको निर्माता युबा शक्ति हो र जसका कारण संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको तर पुराना पार्टीहरुको युबाप्रति हेर्ने दृष्टिकोण र सोच गलत भएको कारण युबा शक्ति विदेश पलायन मात्र नभइ पराधिन र परनिर्भर अर्थतन्त्रमा राष्ट्र गुज्रेकोले संविधान संशोधन गरि मधेसवादी लगायतका असन्तुष्ठ पक्षलाई समेत मूलधारमा ल्याउनु पर्नेमा जोड दिए । संविधान कार्यन्वयन नहुंदा विगतमा भएका परिवर्तन र क्रान्ति गलत त थिएनन भन्ने आशंका जनतामा पैदा भएकोले विकास र सर्मद्धिको लागि राष्ट्रिय एकता र स्वाधिनता आवश्यक भएको बताए । IMG_20170123_154252IMG_20170123_124209
अर्को प्रशङ्गमा जोड दिंदै भट्टराईले आज नेपालमा मौषमी राष्ट्रबादको नारा लगाएर नाजीवाद र ट्रम्पवादीIMG_20170123_131103हरु हावी हुन लागेकोले उनिहरुको षडयन्त्रबाट देशलाई बचाउंदै नेपाल र नेपाली जनतालाई हाम्रै पालामा विकसित र सर्मद्ध नेपाल बनाउने, गरिवि हैन समृद्धि तथा सम्पन्न हुने पार्टीको खाका प्रस्तुत गर्दै नयां शक्ति पार्टी स्थापना हुनुको प्रस्ट्याई गरे साथै सम्पूर्ण यूवाहरुले पुराना पार्टीहरुको घेराबन्दीवाट मुक्त भई नयां शक्तिले ल्याएको विकास र समृद्धिको योजनामा गोलबद्द भई आगामी दिनमा स्वाधिन, समावेशी सहितको राष्ट्रिय एकता कायम गर्दै अन्धजातीवाद, विखण्डनवादलाई परास्त गर्दै स्थिर सरकारको लागी उक्त पार्टीले सारेको कार्यकारी प्रमुखको पक्षमा जनलहर पैदा गर्दै नयां शक्ति पार्टीलाई सरकारमा पुर्याएमा उसले ल्याएको नयां, वैज्ञानीक विचारवाट देश समृद्ध बन्ने ठोकुवा समेत गरे । सोही पशङ्गमा आपूmले अर्थमन्त्रि र प्रधानमन्त्रि हुंदा विभिन्न घेराबन्दीको बाबजुद राष्ट्रिय पुर्वाधार र जनपक्षिय सक्दो काम त गरेको तर स्थिर सरकार नभएकोले काम अधुरो हुंदाहुंदैपनि सुशासन र अर्थतन्त्रको प्रविधिमा महत्वपुर्ण कार्यको थालनी गरेको प्रष्ट्याई गरे ।
IMG_20170123_151225IMG_20170123_154059IMG_20170123_124615 युवा अभियान काभ्रेका उत्प्रेरक नविन तामाङ्गको संचालन र युवा नेता नीरज शाहको सभापतित्वमा भएको कार्यक्रमा प्रमुख अतिथि तथा प्रमुख बक्ता डा. भट्टराई र अन्य बक्ताहरुमा सो पार्टीका ३ नं. प्रदेश संयोजक गंगा नारायण श्रेष्ठ, काभ्रे उत्प्रेरक मनु हुमगाई, नुवाकोट संयोजक प्रेम लामा लगायत अन्य पार्टीका युवा नेताहरुले शुभकामन मन्तव्य दिएका थिए । साथै ख्याती प्राप्त कलाकारहरुको रोचक प्रस्तुतीमा हजारौंको संख्यामा रहेको मास कार्यक्रमको अन्त्यसम्म मन्त्रमुग्ध र व्यवस्थित तथा भरिभराउ नै थियो । उक्त कार्यक्रममा अन्य पार्टीहरु परित्याग गरि सयौंका संख्यामा प्रवेशी युबाहरुलाई डा. भट्टराइले टीका लगाएर पार्टी प्रवेश गराएका थिए । अन्त्यमा उक्त भेलाले प्रेम लामाको नेतृत्वमा ५७ सदश्य जिल्ला संगठन समिति घोषणा गरेको थियो । सयौंको संख्यामा युवाहरुले बनेपा वरिपरि मोटर साईकल र्याली गरि १२ बजे शुरु भएको कार्यक्रम दिउसो ४.३० मा सम्पन्न भएको थियो । पार्टी स्थापना भएको ६ महिना नपुग्दै नयां शक्तिमा देखिएको जनलहर हेर्दा काभ्रेमा छोटै समयमा नयां शक्तिले आप्mनो सशक्त पहिचान र अस्तित्व बनाउनेमा दुविधा नरहेको स्थानिय विश्लेषकहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज