७ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा प्रस्ताव गरेको छ । उसले झण्डा पनि परिवर्तन गरेको छ ।पार्टीको राजनीतिक समिति र काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले पार्टीको चुनाब चिन्ह र पाँच तारा झण्डा प्रयोग गर्ने निर्णय गरेको हो
नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले पिपुल नेपाल
सँग भने, ‘आँखा चुनाव चिन्ह र रातो व्याक ग्राउण्डमा सेतो पाँच तारा झण्डा टुंगो लगायौं । निर्वाचन आयोगमा दर्ताको प्रक्रिया पनि अघि बढिसकेको छ ।’
यसअघि चुनाव चिन्ह टुंगो नलागे पनि एक तारा भएको झण्डा नयाँ शक्तिले प्रयोग गर्दै आएको थियो ।
नयाँ शक्तिले पाँच ‘स’ (समतामुलक सम्वृद्धि, समानुपातिक समावेशी सहभागीतामुलक लोकतन्त्र, सुशासन र सदाचार, स्वाधिनता सार्बभौमिकता, समुन्नत समाजवाद)प्रति प्रतिबद्ध रहेको बताउने गरेको छ । यीनै पाँच सलाई प्रतिनिधित्व हुने गरी नयाँ शक्तिले पाँच तारा झण्डा बनाउने निर्णय गरेको हो ।
भट्टराईको राजनीतिक सल्लाहकार भाइराजा
यसैगरी बैठकले संयोजक डा. बाबुराम भट्टराईको राजनीतिक सल्लाहकारमा डा. भाइराजा पाण्डेलाई चयन गरेको छ । लामो समयसम्म संयुक्त राष्ट्रसंघमा काम गरेका उनी भट्टराईका ‘क्लासमेट’ हुन् । अस्कल क्याम्पसमा डा. भट्टराई र पाण्डेले सँगै पढेका थिए । युएनको जागिरबाट अवकाश पाएपछि पाण्डे नयाँ शक्तिमा लागेका हुन् ।
यसैगरी नेपाली सेनाका पूर्वकर्णेल मदन केसी पनि नयाँ शक्तिमा लागेका छन् । पाइलट समेत रहेका केसीलाई कास्की जिल्लाको उत्प्रेरकको जिम्मेवारी दिइएको नयाँ शक्तिका प्रवक्ता देवकोटाले अनलाइनखबरलाई जानकारी दिए ।
नयाँ शक्तिले योग साधना बिभागको संयोजकमा डा. चेतनाथ अधिकारी, वैदेशिक रोजगार विभागको संयोजकमा दानबहादुर तामाङ र खेलकुद बिभागको सहसंयोजकमा देवी सुवेदीलाई चयन गरेको छ । खेलकुद विभागको संयोजक भने राजेन्द्र किराँती छन् ।
नयाँ शक्तिले मासिक लेबी पनि टुंगो लगाएको छ । केन्द्रीय कार्य समितिका सदस्यहरुलाई मासिक एक हजार र केन्द्रीय परिषद सदस्यहरुलाई मासिक पाँच सय लेबी तोकिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता