७ माघ, काठमाडौं । निर्वाचनप्रति गम्भीर नभएको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गरिरहेको छ । र, उसले संविधान संशोधन होइन, निर्वाचनको मिति घोषणा गर्न दबाव दिइरहेको छ ।
परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले भारतीय पत्रिका दि हिन्दुलाई अन्तर्वार्ता दिँदै तीन तहको निर्वाचनको सम्भावित मिति नै सार्वजनिक गरेका छन् ।
हालै मात्र भारतको भ्रमण गरेका उनले भनेका छन्, ‘हामीले अप्रिल(मेमा स्थानीय निर्वाचन गछौं । सेप्टेम्वर(अक्टोबरमा प्रदेशको निर्वाचन गछौं । सन् २०१७ को अन्त्यमा अथवा सन् २०१८ को जनवरीमा केन्द्रिय तहको निर्वाचन गछौं ।’
निर्वाचनका लागि किन त्यति हतारो भन्ने प्रश्नमा उनले भने, ‘किन हतार नगर्ने रु निर्वाचनको लागि सवै तयार छन् । निर्वाचन संयन्त्र पनि तयार छ ।’
नोटबन्दीले गम्भीर समस्या
परराष्ट्रमन्त्री डा। महतले भारत भ्रमणका क्रममा त्यहाँका अर्थमन्त्री अरुण जेट्लीसँग भेट गरेका छन् । साथै भारतको केन्द्रीय रिजर्ब बैंकका अधिकारीहरुलाई भेटेर नोटबन्दीका कारण नेपालले भोगेको समस्याबारे छलफल गरेका छन् ।
‘नेपालको चासो के हो भने दैनिक कारोवारका लागि हामीलाई भारतीय नोटको आवश्यकता छ । आयात र निर्यातका लागि पनि भारु चाहिन्छ,’ उनले भने, ‘यदि राज्य र जनतासँग भएको पुराना नोटहरु नसाटिएमा तिनीहरु खेर जान्छन् । हामी अहिले गम्भीर अबस्थाको सामना गरिरहेका छौं ।’
उनका अनुसार भारतको रिजर्भ बैंकले नेपाली जनतासँग कति भारतीय रुपैयाँ छ भन्ने जान्न चाहेको छ । तर, नेपालसँग यसको अनुमानित जानकारी छैन । परराष्ट्रमन्त्री महतले भने, ‘मलाई लाग्छ आरबीआईले नेपालमा रहेका पुराना नोटहरु साट्ने व्यवस्था गरेपछि हामी सुरुवात गर्न सक्छौं ।’
भारतीय अर्थमन्त्री अरुण जेटली नेपालको मागप्रति सकारात्मक रहेको उनले बताए । परराष्ट्रमन्त्री महतले भने, ‘हामीले कसैले पनि नेपालमा आएर कालोधन नेपाली वैङकमा आएर जम्मा गर्न नसक्ने आश्वासन दिएका छौं ।’
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र
फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं । पर्यटकीय राजधानी घोषणा भएको पोखरा महानगरको मेयर हुन् धनराज आचार्य । मेयर निर्वाचित