परराष्ट्र मन्त्री महतद्धारा निर्वाचनको कार्य तालीकाको घोषणा

७ माघ, काठमाडौं । निर्वाचनप्रति गम्भीर नभएको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारको आलोचना गरिरहेको छ । र, उसले संविधान संशोधन होइन, निर्वाचनको मिति घोषणा गर्न दबाव दिइरहेको छ ।
परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले भारतीय पत्रिका दि हिन्दुलाई अन्तर्वार्ता दिँदै तीन तहको निर्वाचनको सम्भावित मिति नै सार्वजनिक गरेका छन् ।Capture
हालै मात्र भारतको भ्रमण गरेका उनले भनेका छन्, ‘हामीले अप्रिल(मेमा स्थानीय निर्वाचन गछौं । सेप्टेम्वर(अक्टोबरमा प्रदेशको निर्वाचन गछौं । सन् २०१७ को अन्त्यमा अथवा सन् २०१८ को जनवरीमा केन्द्रिय तहको निर्वाचन गछौं ।’
निर्वाचनका लागि किन त्यति हतारो भन्ने प्रश्नमा उनले भने, ‘किन हतार नगर्ने रु निर्वाचनको लागि सवै तयार छन् । निर्वाचन संयन्त्र पनि तयार छ ।’
नोटबन्दीले गम्भीर समस्या
परराष्ट्रमन्त्री डा। महतले भारत भ्रमणका क्रममा त्यहाँका अर्थमन्त्री अरुण जेट्लीसँग भेट गरेका छन् । साथै भारतको केन्द्रीय रिजर्ब बैंकका अधिकारीहरुलाई भेटेर नोटबन्दीका कारण नेपालले भोगेको समस्याबारे छलफल गरेका छन् ।
‘नेपालको चासो के हो भने दैनिक कारोवारका लागि हामीलाई भारतीय नोटको आवश्यकता छ । आयात र निर्यातका लागि पनि भारु चाहिन्छ,’ उनले भने, ‘यदि राज्य र जनतासँग भएको पुराना नोटहरु नसाटिएमा तिनीहरु खेर जान्छन् । हामी अहिले गम्भीर अबस्थाको सामना गरिरहेका छौं ।’
उनका अनुसार भारतको रिजर्भ बैंकले नेपाली जनतासँग कति भारतीय रुपैयाँ छ भन्ने जान्न चाहेको छ । तर, नेपालसँग यसको अनुमानित जानकारी छैन । परराष्ट्रमन्त्री महतले भने, ‘मलाई लाग्छ आरबीआईले नेपालमा रहेका पुराना नोटहरु साट्ने व्यवस्था गरेपछि हामी सुरुवात गर्न सक्छौं ।’
भारतीय अर्थमन्त्री अरुण जेटली नेपालको मागप्रति सकारात्मक रहेको उनले बताए । परराष्ट्रमन्त्री महतले भने, ‘हामीले कसैले पनि नेपालमा आएर कालोधन नेपाली वैङकमा आएर जम्मा गर्न नसक्ने आश्वासन दिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक