२ माघ, काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख लोकमानसिंह कार्की सपरिवार विदेश लागेका छन् ।
छोरा अभ्युदयमानसिंह कार्कीलाई शुक्रबार क्यानडा पठाएपछि लोकमानसिंह पत्नी सुनिता कार्कीलाई लिएर आइतबार बिहान दिल्लीतर्फ उडेका हुन् ।
आइतबार बिहान ९ बजेर ५ मीनेटमा नेपाल एयरलाइन्सको उडानबाट कार्की दम्पती दिल्लीतिर लागेका हुन् ।
कार्की परिवार दिल्लीमा स्वास्थ्योपचारका लागि केही दिन बस्ने र त्यसपछि क्यानडा जाने कार्यक्रम रहेको स्रोतले अनलाइनखबरलाई बतायो ।
कार्कीले केही महिनाअघि क्यानडा भ्रमणका क्रममा त्यहाँ छोराका नाममा घर समेत किनेको दाबी स्रोतले गरेको छ । तर, यसको पुष्टि हुन बाँकी छ ।
सुरक्षाकर्मी हेडक्वार्टर तानिए
यसैवीच लोकमानसिंह कार्कीले आफ्नो र घरको सेक्युरिटीमा प्रयोग गर्दै आएका तीन दर्जनभन्दा बढी प्रहरीहरु हेडक्वार्टरमा हाजिर भएका छन् । उनीहरुलाई अख्तियारमा समेत नराखी हेडक्वार्टर तानिएको स्रोतको भनाइ छ ।
उता पुरानो बानेश्वरमा सामसुङ कम्पनीका वितरक दीपक मल्होत्राले भाडामा लिएको लोकमानसिंहको घरमा समेत ५ जना प्रहरीलाई गार्डका रुपमा राखिएको पाइएको छ । मल्होत्राको कार्यालयलाई सुरक्षा प्रदान गरिरहेका ती प्रहरीहरु पनि हेडक्वार्टर फिर्ता भएका छन् ।
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि
२४ मंसिर, काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै लार्ज ल्याङ्ग्वेज मोडेल (LLM) को दायरा