चिठी पढेर सर्वेन्द्रले समाते ‘बिजुली चोर’ अघि-अघि बिजुली चोर, पछि-पछि प्रहरी !

माघ, काठमाडौं । गत साता प्रहरीले विद्युत प्राधिकरणकै एक दर्जन कर्मचारीहरुलाई विद्युत चोरीको आरोपमा समात्यो । अहिले उनीहरु थुनामै छन् । आखिर कसको सुराकीका आधारमा प्रहरीले ‘बिजुली चोर’ समात्यो ? यसको भित्री रहस्य भने निकै रोचक रहेछ ।

 

भ्रष्टाचार एवं चोरीचकारी नियन्त्रण गर्न एउटा बेनामे चिठी नै पर्याप्त हुने यो घटनाले स्पष्ट पारेको छ ।

बेनामे चिठीले चिनायो बिजुली चोरtimthumb (3)

दशैंअघिको घटना हो, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यकक्षको टेबलमा एक पत्र भेटियो । पत्रमा विभिन्न व्यक्तिमाथि विद्युत चोरी गरी कमिसन खाने गरेको आरोप थियो ।  पत्र लेख्ने मान्छेको नाम थिएन । पत्र बेनामे थियो ।

कसैले राखिदिएको बेनामे पत्रमा कैयन खोज्न लायक तथ्यहरु थिए । पत्रको निष्कर्ष थियो- विद्युत चोरीमा प्राधिकरणकै कर्मचारीको पनि संलग्नता छ । पत्र बेनामे नै भए पनि त्यसमा केही ‘बिजुली चोर’ हरूको नाम खुलाइएको थियो ।

उता एसएसपी सर्वेन्द्र खनाललाई पनि दिनदिनै विभिन्न सूचनाहरु आइ रहेका थिए । धाराका मिटर र विद्युतका मिटरहरुमा हुने बदमासीका बारेमा उनलाई धेरैले सुनाएका थिए । तर, चोर समात्न यथेष्ट प्रमाण उनीसँग थिएन ।

बेला-बेलामा एसएसपी खनाल र प्राधिकरणका घिसिङबीच भेट हुँदै आएको थियो ।

कुलमानले सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने नयाँ जुक्ति निकाले । र, सो बेनामे पत्र एसएसपी खनालकहाँ पुग्यो

करिब एक महिना अघि घिसिङले आफ्नो टेबलमा भेटिएको बेनामे पत्र एसएसपी खनाललाई बुझाइदिए । एसएसपी खनालको हातमा परेको बेनामे पत्रमा विभिन्न स्थानमा विद्युत चोरीमा संलग्न प्राधिकरणका कर्मचारीहरुको नामसमेत उल्लेख गरिएको थियो ।

यो पत्र एसएसपी खनाललाई बुझाउनुअघि कुलमान घिसिङले ऊर्जा मन्त्री जनार्दन शर्मालाई पनि पत्रका बारेमा जानकारी गराएका थिए । ऊर्जा मन्त्रीले पनि घिसिङलाई यसमा तत्काल अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

तर कुलमानलाई त्यसो गर्न सहज थिएन । किनभने सो पत्रमा उल्लेख गरिएको बिजुली चोरको सूचीमा मन्त्रीका आफ्नै पार्टीका कर्मचारी युनियनका व्यक्तिहरु पनि थिए । कांग्रेस र एमाले निकट ट्रेड युनियनका नेताहरुको नाम त्यसमा थियो । घिसिङका त कर्मचारीहरु नै यसमा थिए । त्यसैले उनीहरुमाथि कारवाही गर्दा घिसिङमाथि चर्को बिरोध हुने खतरा थियो ।

अन्ततः कुलमानले सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने नयाँ जुक्ति निकाले । र, सो बेनामे पत्र एसएसपी खनालकहाँ पुग्यो ।

बिजुली चोरको गाडी अघि-अघि, प्रहरी पछि-पछि

बेनामे पत्र हात परेपछि एसएसपी खनालले त्यसमा उल्लेख भएका ब्यक्तिहरुको निगरानी गर्ने योजना बनाए । र, यसैअनुरुप उनले सुरक्षाकर्मीहरुलाई छद्म भेषमा फिल्डमा पठाएर पत्रमा उल्लेखित कर्मचारीमाथि निगरानी सुरु गरे ।

निगरानी राख्दै गर्दा बा ५ च ३४५१ को गाडी राति ओहोर- दोहोर गरेको भेटियो । खोज्दै जाँदा उक्त गाडीमा प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ चढ्दा रहेछन्

विद्युत प्राधिकरणको बालाजुस्थित कार्यालयका कर्मचारी गाडी लिएर मिटर बिगार्न हिँड्ने गरेको पत्रमा उल्लेख थियो ।

तीन साताअघि एसएसपी खनालले पठाएको टोली विद्युत प्राधिकरणको बालाजुस्थित कार्यालयमा छद्म भेषमा पुग्यो । त्यहाँ अबेरसम्म कर्मचारीको आवत-जावत हुने र कार्यालय समय नभएपनि कर्मचारीहरु आउने-जाने गरेको देखिएपछि प्रहरीले थप चासो बढायो ।

राति रातिसमेत कर्मचारीहरुको गाडी कार्यालयमा आउने गरेको देखेपछि ती व्यक्तिहरु कहाँ-कहाँ जान्छन् भनेर प्रहरीले निगरानी गर्‍यो । र, त्यही प्रयासबाट प्रहरीले बिद्युत चोरीमा संलग्नहरुलाई पत्ता लगायो ।

प्रहरीले निगरानी राख्दै गर्दा बा ५ च ३४५१ को गाडी राति ओहोर- दोहोर गरेको भेटियो । खोज्दै जाँदा उक्त गाडीमा प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ चढ्दा रहेछन् ।

प्रहरीले श्रेष्ठलाई पछ्यायो । उनी मिटर बिगारेर कुम्ल्याएको कमिसनको पैसाले किनेको निजी गाडी लिएर बौद्ध, जोरपाटी, कोटेश्वर, बानेश्वर जस्ता स्थानमा सञ्चालित साना-साना उद्योग धन्दामा जाने गरेका रहेछन् ।

यही क्रममा अघिल्लो बिहीबार बिहान ९ बजे श्रेष्ठ इमाडोल पुगे । जहाँ उनलाई प्रहरीले पछ्याइरहेको थियो । उनले आफ्नो गाडीमा रहेका सामानहरु बोकेर इमाडोलको पुल नजिकैको एउटा घरमा छिरे । त्यहाँ विद्युत मिटरमा के के काम गरे, प्रहरीले भित्रको गतिविधि देख्न सकेन । तर, मिटर बक्समा उनले काम गरिरहेको भने देखियो । सुरक्षाकर्मीले तस्वीर लिन खोजे । तर, श्रेष्ठको पछाडिको भाग मात्रै देखियो र टाढा भएकाले स्पष्ट पनि आएन । यस्तो तस्वीर दसी प्रमाणका लागि खासै काम लाग्ने भएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा