चिठी पढेर सर्वेन्द्रले समाते ‘बिजुली चोर’ अघि-अघि बिजुली चोर, पछि-पछि प्रहरी !

माघ, काठमाडौं । गत साता प्रहरीले विद्युत प्राधिकरणकै एक दर्जन कर्मचारीहरुलाई विद्युत चोरीको आरोपमा समात्यो । अहिले उनीहरु थुनामै छन् । आखिर कसको सुराकीका आधारमा प्रहरीले ‘बिजुली चोर’ समात्यो ? यसको भित्री रहस्य भने निकै रोचक रहेछ ।

 

भ्रष्टाचार एवं चोरीचकारी नियन्त्रण गर्न एउटा बेनामे चिठी नै पर्याप्त हुने यो घटनाले स्पष्ट पारेको छ ।

बेनामे चिठीले चिनायो बिजुली चोरtimthumb (3)

दशैंअघिको घटना हो, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको कार्यकक्षको टेबलमा एक पत्र भेटियो । पत्रमा विभिन्न व्यक्तिमाथि विद्युत चोरी गरी कमिसन खाने गरेको आरोप थियो ।  पत्र लेख्ने मान्छेको नाम थिएन । पत्र बेनामे थियो ।

कसैले राखिदिएको बेनामे पत्रमा कैयन खोज्न लायक तथ्यहरु थिए । पत्रको निष्कर्ष थियो- विद्युत चोरीमा प्राधिकरणकै कर्मचारीको पनि संलग्नता छ । पत्र बेनामे नै भए पनि त्यसमा केही ‘बिजुली चोर’ हरूको नाम खुलाइएको थियो ।

उता एसएसपी सर्वेन्द्र खनाललाई पनि दिनदिनै विभिन्न सूचनाहरु आइ रहेका थिए । धाराका मिटर र विद्युतका मिटरहरुमा हुने बदमासीका बारेमा उनलाई धेरैले सुनाएका थिए । तर, चोर समात्न यथेष्ट प्रमाण उनीसँग थिएन ।

बेला-बेलामा एसएसपी खनाल र प्राधिकरणका घिसिङबीच भेट हुँदै आएको थियो ।

कुलमानले सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने नयाँ जुक्ति निकाले । र, सो बेनामे पत्र एसएसपी खनालकहाँ पुग्यो

करिब एक महिना अघि घिसिङले आफ्नो टेबलमा भेटिएको बेनामे पत्र एसएसपी खनाललाई बुझाइदिए । एसएसपी खनालको हातमा परेको बेनामे पत्रमा विभिन्न स्थानमा विद्युत चोरीमा संलग्न प्राधिकरणका कर्मचारीहरुको नामसमेत उल्लेख गरिएको थियो ।

यो पत्र एसएसपी खनाललाई बुझाउनुअघि कुलमान घिसिङले ऊर्जा मन्त्री जनार्दन शर्मालाई पनि पत्रका बारेमा जानकारी गराएका थिए । ऊर्जा मन्त्रीले पनि घिसिङलाई यसमा तत्काल अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन निर्देशन दिएका थिए ।

तर कुलमानलाई त्यसो गर्न सहज थिएन । किनभने सो पत्रमा उल्लेख गरिएको बिजुली चोरको सूचीमा मन्त्रीका आफ्नै पार्टीका कर्मचारी युनियनका व्यक्तिहरु पनि थिए । कांग्रेस र एमाले निकट ट्रेड युनियनका नेताहरुको नाम त्यसमा थियो । घिसिङका त कर्मचारीहरु नै यसमा थिए । त्यसैले उनीहरुमाथि कारवाही गर्दा घिसिङमाथि चर्को बिरोध हुने खतरा थियो ।

अन्ततः कुलमानले सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने नयाँ जुक्ति निकाले । र, सो बेनामे पत्र एसएसपी खनालकहाँ पुग्यो ।

बिजुली चोरको गाडी अघि-अघि, प्रहरी पछि-पछि

बेनामे पत्र हात परेपछि एसएसपी खनालले त्यसमा उल्लेख भएका ब्यक्तिहरुको निगरानी गर्ने योजना बनाए । र, यसैअनुरुप उनले सुरक्षाकर्मीहरुलाई छद्म भेषमा फिल्डमा पठाएर पत्रमा उल्लेखित कर्मचारीमाथि निगरानी सुरु गरे ।

निगरानी राख्दै गर्दा बा ५ च ३४५१ को गाडी राति ओहोर- दोहोर गरेको भेटियो । खोज्दै जाँदा उक्त गाडीमा प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ चढ्दा रहेछन्

विद्युत प्राधिकरणको बालाजुस्थित कार्यालयका कर्मचारी गाडी लिएर मिटर बिगार्न हिँड्ने गरेको पत्रमा उल्लेख थियो ।

तीन साताअघि एसएसपी खनालले पठाएको टोली विद्युत प्राधिकरणको बालाजुस्थित कार्यालयमा छद्म भेषमा पुग्यो । त्यहाँ अबेरसम्म कर्मचारीको आवत-जावत हुने र कार्यालय समय नभएपनि कर्मचारीहरु आउने-जाने गरेको देखिएपछि प्रहरीले थप चासो बढायो ।

राति रातिसमेत कर्मचारीहरुको गाडी कार्यालयमा आउने गरेको देखेपछि ती व्यक्तिहरु कहाँ-कहाँ जान्छन् भनेर प्रहरीले निगरानी गर्‍यो । र, त्यही प्रयासबाट प्रहरीले बिद्युत चोरीमा संलग्नहरुलाई पत्ता लगायो ।

प्रहरीले निगरानी राख्दै गर्दा बा ५ च ३४५१ को गाडी राति ओहोर- दोहोर गरेको भेटियो । खोज्दै जाँदा उक्त गाडीमा प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ चढ्दा रहेछन् ।

प्रहरीले श्रेष्ठलाई पछ्यायो । उनी मिटर बिगारेर कुम्ल्याएको कमिसनको पैसाले किनेको निजी गाडी लिएर बौद्ध, जोरपाटी, कोटेश्वर, बानेश्वर जस्ता स्थानमा सञ्चालित साना-साना उद्योग धन्दामा जाने गरेका रहेछन् ।

यही क्रममा अघिल्लो बिहीबार बिहान ९ बजे श्रेष्ठ इमाडोल पुगे । जहाँ उनलाई प्रहरीले पछ्याइरहेको थियो । उनले आफ्नो गाडीमा रहेका सामानहरु बोकेर इमाडोलको पुल नजिकैको एउटा घरमा छिरे । त्यहाँ विद्युत मिटरमा के के काम गरे, प्रहरीले भित्रको गतिविधि देख्न सकेन । तर, मिटर बक्समा उनले काम गरिरहेको भने देखियो । सुरक्षाकर्मीले तस्वीर लिन खोजे । तर, श्रेष्ठको पछाडिको भाग मात्रै देखियो र टाढा भएकाले स्पष्ट पनि आएन । यस्तो तस्वीर दसी प्रमाणका लागि खासै काम लाग्ने भएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मौद्रिक नीति २०८१/८२ : पुँजीकोषको चाप व्यवस्थापन गर्न सहज नीति

काठमाडौँ, साउन ११  गते ।  बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब व्यवस्थापन गर्न नेपाल

सौर्य एयरलाइन्सको विमानमा सवार यी १९ यात्रु (नामसहित),क्यप्टेन बाहेक सवैले गुमाए चोला

सौर्य एयरलाइन्सकाे जहाज दुर्घटना । काठमाडौँ, साउन ९ गते । काठमाडौँबाट पोखराका लागि उडेको जहाज आज

 अभाव सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने: अर्थमन्त्री पौडेल

साउन ७,काठमाडौँ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताउनुभएको छ ।

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौँ, साउन २ गते। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको छ। राष्ट्रपति

यस्तो बन्यो पन्त्रीपरिषद्

असार ३१, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली (केपी ओली) ले सोमबार

अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

असार ३०,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोक्नुभएको समयसीमा सकिएपछि आज नयाँ प्रधानमन्त्री नियुक्ति