अर्को वर्ष विद्युत प्राधिकरण नाफामा जाने कुलमानको दावी

काठमाडौं, १७ माघ । लोडसेडिङ हटाएर सर्वत्र चर्चा कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अबको एक वर्षमा विद्युत प्राधिकरणलाई नाफा कमाउने अवस्थामा पुर्‍याउने बताएका छन् ।timthumb (3)

सोमबार पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमालाई सम्बोधन गर्दै घिसिङले भने, ‘प्राधिकरणको अहिलेको वार्षिक १२ अर्ब रुपैयाँको घाटा र कुल ३७ अर्बको घाटालाई शून्यमा झारेर यसलाई अझ नाफामा पुर्‍याउने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।’

घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिले पिक समयमा भारतबाट तीन सय ४० मेगावाट बिजुली आयात भइरहेकोमा बिस्तारै आयात न्यून गराउँदै जाने र भोलिको दिनमा नेपालले भारतलाई बिजुली बिक्री गर्ने अवस्थामा पनि जाने बीच आपसी निर्भरताको योजना भएको जानकारी समेत दिए ।

उनले एक फरक प्रसंगमा आफू प्राधिकरणमा आएपछि पहिले विद्युत् चुहावट नियन्त्रणलाई अभियानको रुपमा अगाडि बढाएको बताए । उनले कर्मचारीहरुलाई सबैले राम्रो पर्फमेन्स दिन आग्रह गर्दै पर्फमेन्सकै आधारमा पुरस्कार र दण्ड दिने कुरा बताएको र अहिले सबैले राम्रो काम गरिरहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज