सहिदलाई पार्टी विशेषको होइन, देशको साझा सम्पत्ति बनाऔं : डा. भट्टराई

काठमाडौं, १६ माघ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देश र जनताको निम्ति संघर्षको क्रममा मृत्यूवरण गर्ने सम्पूर्ण सहिदहरुप्रति हार्दिक सम्मान प्रकट गरेका छन् ।Dr-Baburam-Bhattarai

आइतबार सहिद दिवसको दिन एक ट्वीटमार्फत उनले लेखेका छन्, ‘देश र जनताको निम्ति संघर्षको क्रममा मृत्यूवरण गर्ने सम्पूर्णसहिदहरुप्रति हार्दिक सम्मान ।’ उनले सहिदलाई देशको साझा सम्पत्ति बनाउनुपर्ने धारणा राखेका छन् ।

‘सहिदलाई पार्टी विशेषको होइन, देशको साझा सम्पत्ति मानौं,’ उनले लेखेका छन् । माओवादी पार्टी छाडेर नयाँ शक्ति बनाएपछि उनलाई पूर्वसहकर्मीहरुले सहिदलाई छाडेको आरोप लगाउँदै आएका छन् । उनले भने सहिदको सपना पूरा गर्न नयाँ शक्ति गठन गरेको बताउँदै नयाँ शक्तिले सम्पूर्ण सहिदहरुको सम्मान र सपना पूरा गर्न काम गर्ने बताउँदै आएका छन् ।

उनको सहिदप्रति सम्मान व्यक्त गरिएको ट्वीटमा धेरै ट्वीटेहरुले आलोचना गरेका छन् । छवि काफ्ले लेख्छन्, ‘मुक्तिको सपना देखाएर सोझा सिधा जनतालाई क्रान्ति भन्दै मृत्युको मुखमा धकेल्यौ, आफ्नो छोरीलाई सुटुक्क पढ्न पठायौ, आखिर किन ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक