सहिदलाई पार्टी विशेषको होइन, देशको साझा सम्पत्ति बनाऔं : डा. भट्टराई

काठमाडौं, १६ माघ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देश र जनताको निम्ति संघर्षको क्रममा मृत्यूवरण गर्ने सम्पूर्ण सहिदहरुप्रति हार्दिक सम्मान प्रकट गरेका छन् ।Dr-Baburam-Bhattarai

आइतबार सहिद दिवसको दिन एक ट्वीटमार्फत उनले लेखेका छन्, ‘देश र जनताको निम्ति संघर्षको क्रममा मृत्यूवरण गर्ने सम्पूर्णसहिदहरुप्रति हार्दिक सम्मान ।’ उनले सहिदलाई देशको साझा सम्पत्ति बनाउनुपर्ने धारणा राखेका छन् ।

‘सहिदलाई पार्टी विशेषको होइन, देशको साझा सम्पत्ति मानौं,’ उनले लेखेका छन् । माओवादी पार्टी छाडेर नयाँ शक्ति बनाएपछि उनलाई पूर्वसहकर्मीहरुले सहिदलाई छाडेको आरोप लगाउँदै आएका छन् । उनले भने सहिदको सपना पूरा गर्न नयाँ शक्ति गठन गरेको बताउँदै नयाँ शक्तिले सम्पूर्ण सहिदहरुको सम्मान र सपना पूरा गर्न काम गर्ने बताउँदै आएका छन् ।

उनको सहिदप्रति सम्मान व्यक्त गरिएको ट्वीटमा धेरै ट्वीटेहरुले आलोचना गरेका छन् । छवि काफ्ले लेख्छन्, ‘मुक्तिको सपना देखाएर सोझा सिधा जनतालाई क्रान्ति भन्दै मृत्युको मुखमा धकेल्यौ, आफ्नो छोरीलाई सुटुक्क पढ्न पठायौ, आखिर किन ?’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट