१३ माघ, पर्वत । पाँचौं पर्वत महोत्सवको उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलिरहँदा बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् आपूर्ति बन्द भयो ।
संयोग पनि कस्तो भने विद्युत् आपूर्ति बन्द हुनु अघि उनी देशलार्इ लोडसेडिङमुक्त बनाउने भनिरहेका थिए । बिद्युत काटिएपछि प्रधानमन्त्री केही समय उभिइरहे।
निकैबेरसम्म पनि विद्युत सुचारू नभएपछि प्रधानमन्त्री प्रचण्ड फर्किएर सिटमा बसे । जेनेरेटरबाट विद्युत आपूर्ति गरेएपछि प्रधानमन्त्री प्रचण्डले फेरि भाषण गरे ।
यो घटनाप्रति नेपाल विद्युत प्राधिकरणले माफी मागेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार दिउँसो ३:२८ मा मध्य ग्रिड सिस्टम कोल्याप्ट भएको थियो ।
जसका कारण पर्वतमा विद्युत् आपूर्ति बन्द भएको हो । प्रवक्ता अधिकारीले भनेका छन्, यसप्रति हामी क्षमा चाहन्छौं र सिस्टम रिइस्टोर गर्न हाम्रो टिमले काम गरिरहेको छ ।’
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन