१३ माघ, पर्वत । पाँचौं पर्वत महोत्सवको उद्घाटनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बोलिरहँदा बिहीबार मुलुकलाई लोडसेडिङमुक्त बनाउने भाषण गर्न थालेपछि भने विद्युत् आपूर्ति बन्द भयो ।
संयोग पनि कस्तो भने विद्युत् आपूर्ति बन्द हुनु अघि उनी देशलार्इ लोडसेडिङमुक्त बनाउने भनिरहेका थिए । बिद्युत काटिएपछि प्रधानमन्त्री केही समय उभिइरहे।
निकैबेरसम्म पनि विद्युत सुचारू नभएपछि प्रधानमन्त्री प्रचण्ड फर्किएर सिटमा बसे । जेनेरेटरबाट विद्युत आपूर्ति गरेएपछि प्रधानमन्त्री प्रचण्डले फेरि भाषण गरे ।
यो घटनाप्रति नेपाल विद्युत प्राधिकरणले माफी मागेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार दिउँसो ३:२८ मा मध्य ग्रिड सिस्टम कोल्याप्ट भएको थियो ।
जसका कारण पर्वतमा विद्युत् आपूर्ति बन्द भएको हो । प्रवक्ता अधिकारीले भनेका छन्, यसप्रति हामी क्षमा चाहन्छौं र सिस्टम रिइस्टोर गर्न हाम्रो टिमले काम गरिरहेको छ ।’
मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री